Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

किरातकाे महान चाड साकेला उभाैली मनाइयाे ।

किरातकाे महान चाड साकेला उभाैली मनाइयाे ।

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख २७ २०७४


किरातकाे महान चाड साकेला उभाैली मनाइयाे ।

२७ बैशाख २०७४

इलामः किरातीहरुको महान् चाड उभौली पर्व इलाम सहित देशैभर धुमधामका साथ मनाइएको छ । यो पर्व राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले आ–आफ्नै तरिकाले मनाउन थालेका छन् । ती समुदायल बुधबार बिहानैदेखि प्रकृति, देविदेवता र भुमीको पूजा अर्चना शुरु गरेका छन् । यो पर्वमा वालीनाली सप्रियोस, अन्नवालीमा किरा, फट्याङग्रा नलागोस, प्रकृतिमा सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्राथना गरिन्छ ।
किरात लिम्बू समुदायले किरात राई विद्यार्थी संघ इलामको आयोजनामा इलाम नगरपालिकाको ओपी धारामा रहेको साकेला थानमा पूजा अर्चना गर्दै दिउँसो च्याब्रुङ्ग नाँचगान तथा शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरिएको छ।
किरात समुदायले यो पर्वमा प्रकृतिको पूजासँगै मौलिक संस्कृति झल्काउने पोशाकमा सजिने, मीठो खाने, इष्टमित्र छिमेकीलाई बोलाएर मीठो परिकार खुवाउने गर्ने गर्दछन् । उभौली पर्वको अवशरमा राजधनी सहित किरात समुदायको बसोबास रहेको क्षेत्रमा विशेष कार्यक्रम भएका छन् । किरात समुदायले उधौली र उभौली गरि दुई पर्व मनाउँछन् । बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाइन्छ । उभौलीको अवसरमा किरात समुदायले मौलिक नाचँगान र झाँकी प्रदर्शन पनि गर्ने गर्दछन् ।
यसैगरी लिम्बू समुदायको बहुल्यता रहेको स्थानहरु इलामको धुसेनी, बरबोटे, फुएतप्पा, नामसालिङ, इभाङ, बाँझो लगायतका ठाँउमा यक्वा तङनाम मनाइएको थियो ।
यता किरात राई समुदायले पनि साकेला नाँच, मौलिक पोशाकहरुको प्रदर्शनी र पुजाआजा गरि विभिन्न कार्यक्रमहरुका साथ इलाम नगरपालिका–२ ओपिधारामा साँस्कृतिक कार्यक्रम आयोजना गरे । किरात सुनुवार समुदायले इलाम नगरपालिका–३ पुवामझुवाको स्यादरथानमा पुजा गरेर वुरसिल नाँच लगायत कार्यक्रमहरु गरि मनाएको खवर प्राप्त भएको छ । याक्खा समुदायले माइजोगमाइ–४ नामसालिङमा देवीदेवताको पुजाआजा सहित इष्टमित्र भेट भएर रमाइलो गरि यो पर्व मनाएका छन् । भुजेल समुदायले पनि इलामको सन्दकपुर गाउँपालिकाको जमुनामा विभिन्न मौलिक संस्कृति झल्काउने कार्यक्रमहरुको साथमा उभौली पर्व मनाएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार