Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बुढापाकाको रोजाईमा कस्ता नेता

बुढापाकाको रोजाईमा कस्ता नेता

  • लोकल सन्देश
  • बुधबार, बैशाख २७ २०७४


बुढापाकाको रोजाईमा कस्ता नेता

इलाम । इलाम नगरपालिका–४ की ७० वर्षकी मुना श्रेष्ठलाई स्थानीय तहको चुनावमा भोट हाल्न हतार छ । उहाँ आवश्वासन दिने नेतालाई भोट नदिने पक्षमा हुनुहुन्छ । ‘सबैको घरघरमा पानी ल्याइदिन्छु भनेर भोट मागेका नेताले बोल्ने काम बाहेक अरु गरेनन् ।

चार दिन भयो धारा जाँदै रित्तो फर्केको’ उँहाले विगतमा नेताले बोलेका र आफूले भोगेका दःुख सुनाउनु भयो ‘अबको चुनावमा जित्नेले त्यस्तो आश्वासन भन्दा नि काम गरेको हेर्ने रहर छ, यो आशा पूरा गर्न पनि भोट लगाउने दिन कुरेर बसेको श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठ मात्र होइन २० वर्षपछि हुन लागेको चुनावमा भोट हाल्न इलामका बासिन्दा हतारिएका छन् । सन्दकपुर गाउँपालिकाका लिलामाया न्यौपाने आफूले चाहेको व्यक्ति रोज्न उत्सुक हुनुहुन्छ । न्यौपानेले यसअघि चार पटक भोट हालेर नेता छनौट गर्नुभएको थियो । तर जितेकाले भोटको सदुपयोग नगरेको उहाँको गुनासो छ । यसपटक जित्नेले केही गर्छन् कि भन्ने आशाले पनि भोट हाल्न उत्सुक बनेको न्यौपानेले बताउनुभयो ।

यस्तै इलाम नगरपालिका–२ का नरबहादुर थापा पनि चुनावमा भोट हाल्न निकै हतारिँदै हुनुहुन्छ । ‘मैले जीवनमा १० पटक भोट खसाले । तर नागरिकका लागि उल्लेखनिय काम गर्न कुनै नेताले पनि सकेनन् । उहाँले भन्नुभयो ‘पहिले जितेकाले घोषणापत्र मात्र दिए विकास दिएनन् । अहिलेका उम्मेद्वारले विकास दिउन् भन्ने चाहना छ ।’ आफ्नो स्वार्थ नहेर्ने, विकासमा लाग्ने नेतालाई भोट दिने उहाँले भन्नुभयो ।

सबैले भोट माग्दा विकासका कैयौ खाका लिएर आउने र नेता बनेपछि मुखले ठिक्क पार्ने मनले छल गरेर विकास शुन्य गर्ने गरेका कृष्णलाल न्यौपानको गुनासो छ । अब छनौटमा परेर आएकाले उच्च मध्यम र निम्न गरी नागरिकलाई परिचयपत्र दिनुपर्छ भन्ने माग न्यौपानेले राख्नु भएको छ । जिल्ला निर्वाचन कार्यलय इलामका अनुसार एक लाख ८९ हजार दुई सय ७४ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार