फाकफोकथुम । इलामको फाकफोकथुमा संचालन भएको सात दिने उद्घाेषण तथा क्षमता विकास तालिम समापन गरिएको । आदिबासी जनजाति महासंघ समन्वय समिती फाकफोकथुम–४ फुएतप्पाको आयोजनामा तालिम संचालन गरिएको हो । वडा सदस्य इन्द्र नेम्वाङको प्रमुख आतिथ्यता र आदिवासी जनजाती महासंघ गाउँपालिका समन्वय समितीको अध्यक्ष मुना राईको विशेष आतिथ्यता रहेको थियो ।
गाउँपालिकाद्वारा विनियोजित १ लाख ३० हजार रकमबाट तालिम संचालन गरिएको हो । फोनिज इलामका अध्यक्ष राम योङहाङले प्रशिक्षण दिएको तालिममा फुएतप्पा क्षेत्रमा रहेको ८ जातीका ४७ जनाको सहभागीता रहेको थियो । जनजाती महासंघका वडा समिती सदस्य तथा वडा सदस्य जिवन बलम्पाकी मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथी नेम्वाङ, विशेष अतिथी प्रशिक्षक योङहाङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको समापन महासंघका वडा अध्यक्ष दिपक लिम्बुको अध्यक्षतामा भएको थियो ।