Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

चिया प्रर्वद्धनमा सुर्योदय नगरपालिकाको फड्को : कन्याममा टी टेस्टिङ्ग र अनुसन्धान केन्द्र

चिया प्रर्वद्धनमा सुर्योदय नगरपालिकाको फड्को : कन्याममा टी टेस्टिङ्ग र अनुसन्धान केन्द्र

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार ६ २०७६


चिया प्रर्वद्धनमा सुर्योदय नगरपालिकाको फड्को : कन्याममा टी टेस्टिङ्ग र अनुसन्धान केन्द्र

फिक्कल । इलामको कन्याममा टी टेस्टिङ् र अनुसन्धान केन्द्रको निर्माण हुने भएको छ । २६ करोड बढिको लागतमा कन्याम क्षेत्रमा टि टेस्टिङ सेन्टर निर्माण हुन लागेको हो । प्रमुख राईले शुक्रबार सामाजिक सञ्जालमा उक्त सेन्टरको डिजाइन सार्वजनिक गर्दै भनेका छन–‘नगरपालिका र प्रदेश सरकारको साझेदारीमा बन्ने यो भवनका लागि ५ करोड बिनियोजन पनि भइसकेको छ । यो नगरपालिकाको स्वामित्वमा रहेको सुन्दर ठाउँ कन्याममा बन्नेछ ।’


प्रदेश सरकारकाे बजेट वक्तव्यमा समावेश

प्रदेश नं एक सरकारले कन्याममा टि टेस्टिङ सेन्टरको निम्ती बजेट वक्तव्यमा सार्वजनिक गरिसकेको छ । अर्थमन्त्री इन्द्र आङबोले गत असार १ गतेको वक्तव्यमा भनेका छन ‘प्रदेशमा चिया तथा अलैची अनुसन्धान केन्द्र स्थापना गर्न पहल गरिनेछ । चिया अक्सन सेन्टर स्थापना गर्न अध्ययन गरिनेछ । सुर्योदय नगरपालिकाको लागत साझेदारीमा तथा सहकार्यमा कन्याममा टि टेस्टिङ हाउस निर्माण गरिनेछ ।


’प्रमुख राईका अनुसार, गत वर्षको नगरसभाले टि टेस्टिङ्ग र अनुसन्धान केन्द्र बनाउने नीति लिएको थियो । यो चियाको बजार प्रवद्र्धनका लागि कोशेढुंगा साबित हुनेमा आफू विश्वस्त रहेको प्रमुख राईको भनाई छ । उनले सूर्योदय नगरपालिकाको प्रस्ताब स्वीकारेकामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, अर्थमन्त्री र ईलामका सांसदहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद पनि दिएका छन ।

डिजाइनको सबै तस्वीर प्रमुख राईको फेसबुक वालबाट

प्रतिक्रिया
सम्बन्धित समाचार