काठमाण्डाै । नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी निर्वाह गरेपछि गोलकिपर किरण चेम्जोङ व्यवासयिक खेल जीवन अघि बढाउन बिहिवार साझ माल्दिभ्स प्रस्थान गर्ने भएका छन् । उनी कतार एयरवेजबाट साँझ ७ः३० बजे उड्ने छन् ।
किरण गत बर्ष पुसमा माल्दिभ्सको माथिल्लो श्रेणीको क्लब टिसी स्पोर्टसमा आबद्ध भएका थिए । लिगको ८ खेलपछि किरणको टोली टिसी स्पोर्टसको १४ अंक छ । शीर्षस्थानमा रहेको नाजियाको २१ अंक छ । एसियन कप छनोटमा यमनसँगको मंगलबारको होम म्याच र जेठ २३ गते भारतसँग मैत्रीपूर्ण खेलका लागि किरण जेठ १३ गते काठमाडौं आइपुगेका थिए ।
उनको सहित उच्च प्रदर्शनबाट प्रेरित नेपाली टोलीले यमनसँग गोलरहित बराबरी खेल्दै अंक तालिकामा पहिलो अंक जोडेको थियो । २ खेलमा नेपालको १ अंक पुगेको छ । किरण यमनसँगको खेलमा म्यान अफ दी म्याच समेत घोषि तभएका थिए । चैतमा पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो ।
यसपटक भने उनी सुखद अनुभव लिएर माल्दिभ्स फर्कदैछन् । ‘यसपटक हामीले मैत्रीपूर्ण खेल खेल्न पायौं । त्यसका यमनसँग खेल्नुअघि टोलीमा रहेको कमजोरी सुधार्ने अवसर पायौं ’ उनले यमनसँगको खेल स्मरण गर्दै हाम्रो खेलकुद डटकमसँग भने, ‘हामीले खेलअघि पनि सल्लाह गरेर खेलेका थियौं । सबैले राम्रो खेल्यौं र बराबरी गर्न सफल भयौं ।’
उनले घरेलु मैदानमा खेल्दा अवे खेलमा भन्दा बेग्लै उत्साह र उच्च मनोबल रहने दोहोराए । ‘घरेलु समर्थकका बीचमा खेल्नुको मनोबलनै बेग्लै हुन्छ । हाम्रो खेल हेर्न समर्थकहरु उत्साहका साथ रंगशाला पुग्नुहुन्छ ’ उनले थपे, ‘हामी पनि उहाँहरुलाई निराश पार्न चाहन्नौं र जति सक्दो राम्रो गर्ने प्रयास गर्छौ । जस्तो सुकै बलियो टोली आउँदा पनि घरेलु मैदानमा खेल्न सक्छौं भन्ने मनोबल हुन्छ ।’
माल्दिभ्समा पनि किरणले उच्च प्रदर्शन गर्दै आएका छन् । उनले सिजनको पहिलो नकआउट प्रतियोगितामा नै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बंगलादेशमा भएको शेख कमल कप नकआउट प्रतियोगिताको उपाधि उनको टोली टिसी स्पोर्टसले जितेको थियो । उनले टिसी स्पोर्टसबाट खेलेको त्यो पहिलो प्रतियोगिता थियो । त्यो प्रतियोगितामा किरणको पूर्व क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराएको थियो । मनाङविरुद्धको सेमिफाइनलमा किरण म्यान अफ दी म्याच चुनिएका थिए । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द आफ्नो व्यवसायिक करियरलाई निरन्तरता दिन बुधबार इन्डोनेसिया तर्फ प्रस्थान गरिसकेका छन । मंगलबार भएको यमन विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोहित राष्ट्रिय टोलिबाट खेल्न नेपाल आएका थिए।
राेहित थाइल्यान्ड फर्किए ।
मिडफिल्डर रोहित चन्दा मंगलबार नै थाइल्यान्ड फर्किसकेका छन । अघिल्लो साता भएको भारत विरुद्धको मैत्रीपूर्ण खेलमा सहभागी हुन इन्डोनेसियाबाट मुम्बई पुगेका रोहितले उक्त खेलमा पनि राम्रो प्रदर्शन गरेका थिए। फिलिपिन्सविरुद्धको खेलमा चोटबाट पुनरागमन गरेका रोहित टोलीका महत्त्वपूर्ण खेलाडीका रुपमा स्थापित छन्।
इन्डोनेसियाको लिग वनको पर्सिजा जकार्ताबाट खेल्दै आएका रोहितले राष्ट्रिय टोलीमा आउँदा क्लबको एक खेल गुमाएका थिए। बिहिबार भएको खेलमा उनको टोलीले पीएस टिएनआइलाई २-०ले पराजित गरेको थियो। रोहितले क्लब छाड्नुअघि पर्सिजाले खेलेको खेलमा उनले १ गोल गर्दै अरिमा एफसीलाई २-०ले पराजित गरेको थियो।
१० खेलमा १५ अंक जोडेको पर्सिजा अंक तालिकाको १५औं स्थानमा छ। पर्सिजाले शुक्रबार लिग अन्तर्गत ११औं खेलमा श्रीविजयाको सामना गर्दैछ। रोहित उक्त खेलको लागि टोलीमा समावेश हुने बुझिएको छ। केहि वर्ष पहिला श्रीविजयामा नेपाली खेलाडी सन्तोष शाहुखल ट्रायलका लागि पुगेका थिए।