Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

यस्तो देखियो सन्दकपुर गाँउपालिकाको सार्वजनिक सुनुवाई ( भिडियो )

यस्तो देखियो सन्दकपुर गाँउपालिकाको सार्वजनिक सुनुवाई ( भिडियो )

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ ३१ २०७६


यस्तो देखियो सन्दकपुर गाँउपालिकाको सार्वजनिक सुनुवाई ( भिडियो )

सन्दकपुर । सन्दकपुर गाउँपालिकाले चालु आर्थिक बर्ष ०७५/०७६ को वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन सम्बन्धी सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको चालू बजेट रकम १८ करोड ६६ लाख ४ लाख ७० हजार १ सय रुपैयाँ रहेकोमा ११ करोड ४९ लाख २० हजार ८ सय ४७ रुपैयाँ (६१ दशमलव ५९ प्रतिशत) खर्च भएको छ । पूँजीगत बजेटतर्फ १२ करोड २ लाख ७७ हजार ६ सय मध्ये ९ करोड २३ लाख २३ हजार ८ सय २५ रुपैयाँ अर्थात ७६ दशमलव ७६ प्रतिशत खर्च गरेको छ ।
गाउँपालिका अध्यक्ष उदयबहादुर राईले ब्यानर पढेर सार्वजनिक सुनवाईको उद्धघाटन गरेका थिए । कार्यक्रममा बार्षिक नीति तथा कार्यक्रमको बारे प्रमुख प्रशासकीय अधिकृत महेश राईले प्रस्तुत गरेका थिए । गाउँपालिकाले नेपाल सरकारको समानिकरण अनुदान अन्र्तगत पाएको ६ करोड ६० लाख मध्ये ८१ दशमलब ९० प्रतिशत अर्थात ५ करोड ४० लाख ५१ हजार ७५ रुपैया खर्च गरेकोछ । सरकारको शसर्त अनुदानको ८ करोड ४५ लाख मध्ये ५ करोड ७५ लाख ३९ हजार ४७८ रुपैया ६८ पैसा (५९ दशमलब ३८ प्रतिशत) खर्च गर्न सफल भएकोछ ।


नेपाल सरकारको राजस्व वाडफाड अन्र्तगत ३ करोड ३७ लाख ५४ हजार ६ ५१ रुपैया मध्ये २ करोड ८० लाख ६० हजार ३८१ रुपैया अर्थात ५८ दशमलब ९ प्रतिशत खर्च भएकोछ । प्रदेश सरकारको समानिकरण अन्र्तगत ३२ लाख ९९ हजार रुपैया मध्ये १९ लाख ४१ हजार २२५ रुपैया अर्थात ५८ दशमलब ८४ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारको सशर्त अनुदानको १ करोड ३५ लाख बजेट मध्ये ६७ लाख ५० हजार निकासा भएको थियो । जस्मा २१ लाख ५६ हजार २५८ (१५ दशमलब ९७ प्रतिशत) खर्च भएको छ । प्रदेश सरकारको अन्य अनुदान अन्र्तगत ६२ लाख ३७ हजार मध्ये ३१ लाख १८ हजार ५ सय रुपैया खर्च भएकोछ । जुन ५० प्रतिशत हुन आउँछ । गाउँपालिकको आन्तरिक श्रोतबाट आम्दानी भएको २ करोड ६९ लाख ५५ हजार ३०१ रुपैया मध्ये २ करोड ६८ लाख ३५ हजार २५ रुपैया निकासा भएको थियो । जस्मा २ करोड २४ लाख २१ हजार ७८३ रुपैया अर्थात ८६ दशमलब ८९ प्रतिशत खर्च भएको गाउँपालिकाको सार्वजनिक सुनवाईमा प्रस्तुत गरिएको श्रोतगत बजेट तथा निकासा र खर्च विवरणले देखाउँछ ।
गाउँपालिकाले पर्यटन विभागसंगको समन्वयमा पर्यटन गुरुयोजना निर्माण, सडक निर्माणमा प्राथमिकता, स्तरोन्नतीको काम गरेकोछ । शिक्षाको क्षेत्रमा प्राविधिक धारको शिक्षाको विकास तथा शिक्षामा गुणस्तर सुधारको लागी कोष बनाएकोछ ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा केन्द्रिय सरकारको बजेटबाट खरिद गरेको औषधीले आम नागरिकलाई नपुग्ने भएपछि आफनै लगानीमा औषधी खरिद गरेकोछ । वडास्तरमा बर्थिङ सेन्टर, गाउँ–घर क्लिनिक निर्माण लगायतका कामलाई प्राथमिकता दिएको थियो ।


अध्यक्ष राईले गाउँपालिकामा रहेका सोलार, लघुजलविद्युत तथा पेल्ट्रीकसेटहरु बिस्तारै बिस्थापित गर्ने योजना रहेको र चुनावका समयमा जनतासँग गरेका घोषणापत्रहरु समय समयमा पढ्ने गरेको, सन्दकपुरलाई समृद्ध बनाउनका लागि सरकारको मात्र मुख नताकिकन हातमाहात काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गरे । उनले भाषा, धर्म, संस्कृति समृद्ध बनाउनका साथै सन्दकपुर पुग्न २ वटा सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाए ।
उपाध्यक्ष शोभा पराजुलीले अलैंची र तितेपाती अनि लेमचोङ्को तेल निकाल्ने फ्याक्ट्री सन्दकपुर २ मा स्थापना भइसकेको बताउँदै अब दलितहरुको परम्परागत पेशालाई परिस्कृत र परिमार्जित गर्दै लैजाने प्रतिवद्धता जनाइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार