विर्तामोड । सुर्योदय नगरपालिका–९ फिक्कलकी २१ बर्षिया बिबिता तामाङको मृत्यु भएपछि विर्तामोडस्थित कनकाई हस्पिटल तनावग्रस्त बनेको छ । स्वास्थ्य विमा कार्यक्रम लागु भएपछि तामाङलाई गत बुधवार एपेन्डिक्सकाे अप्रेशनका लागि अस्पताल भर्ना गरिएको थियो । आइतवार (आज) विहानसम्म डाक्टरहरुको टिमले विरामीको स्थिति सामान्य छ भनेका थिए । तर विहान ८ बजे एक्कासि डाक्टरले विरामीको अवस्था अलिक खराव भएको बताएका थिए । देविकालाई विराटनगर लैजानु भनेको र कनकाई हस्पिटलकै एम्बुलेन्समा राखि विराटनगर नोबेल लैजादा मृत्यु भएको बाबु दावा तामाङ्गले बताए ।
अहिले मृतकका आफन्तले उपचारमा संग्लन डाक्टर सन्तोसकुमार मिश्रलाई कार्वाहीको माग गर्दै विराटनगरबाट फिर्ता ल्याएको शवलाई अस्पतालमै शव राखेर प्रर्दशन गरिरहेका छन । हाल कनकाई हस्पिटलको अवस्था तनावग्रस्त रहेको छ भने कनकाईका सम्पुर्ण डाक्टरहरु अन्यत्र गएकाले उपचार हुन पाएको छैन । हस्पिटलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । कनकाई अनलाइन