Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका शिक्षा शाखाको आयोजना माध्यमिक विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता

सूर्योदय नगरपालिका शिक्षा शाखाको आयोजना माध्यमिक विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता

  • सन्देस सम्बाददाता
  • शनिबार, जेष्ठ २५ २०७६


सूर्योदय नगरपालिका शिक्षा शाखाको आयोजना माध्यमिक विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता

इलाम । माध्यमिक विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिताको उपाधि एभरल्याण्ड नेशनल एकाडेमीले हात पारेको छ । सूर्योदय नगरपालिका शिक्षा शाखाको आयोजनामा करफोक विद्या मन्दिरमा गरिएको नृत्य प्रतियोगिताको द्धितियमा बिरेन्द्र माध्यमिक विद्यालय र तृतियमा पिसल्याण्ड नेशनल एकाडेमीको नृत्यो टोली भएको थियो ।


सूर्योदय नगरपालिकाका क्षेत्रका १५ वटा विद्यालयका विद्यार्थीको नृत्य टोली सहभागि प्रतियोगिताको कलाकार संघ झापाका एल पी श्रेष्ठ, राज सुब्बा र कल्चरल डाँस सेन्टरकी सुजन गुरुङ्गले गरेका थिए । सूर्योदय नगरपालिका नगर शिक्षा प्रमुख रुद्र नारायण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सामुहिक नृत्य प्रतियोगिताका संयोजक टेकु पुलामीले स्वागत मन्तव्य राखेका थिए भने स्वागत नृत्य करफोक माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।


कार्यक्रममा सामुदायीक विद्यालयका तर्फबाट करफोक विद्या मन्दिरका प्रधानाध्यापक डम्बर कटुवाल, सूर्योदय नगर प्याब्सनका अध्यक्ष लाकेल लामाले विद्यार्थीको अध्ययनसँगै क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएकोमा खुशि व्यक्त गरेका थिए । कार्यक्रममा गायक तथा जिल्ला प्याब्सन इलामका उपाध्यक्ष रगुन गुरुङ्गले गित प्रस्तुत गरेको कार्यक्रम संचालन सदस्य विमला मिश्रले बताइन् ।


सामुहिक नृत्य प्रतियोगितामा करफोक विद्या मन्दिर, साहिज्योति अग्रेजी विद्यालय, फिक्कल माध्यमिक विद्यालय, विरेन्द्र माध्यमिक विद्यालय, इष्ट पोइन्ट अग्रेजी विद्यालय, एभरल्याण्ड अग्रेजी विद्यालय, कृष्ण आश्रम माध्यमिक विद्यालय सहभागि रहेका थिए । यस्तै नृत्य प्रतियोगितामा समाल्बुङ्ग माध्यमिक विद्यालय, टि गार्डेन बोर्डिङ्ग, सिंहदेवी माध्यमिक विद्यालय, बौद्यधाम माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, बुद्ध माध्यमिक विद्यालय, जनक माध्यमिक विद्यालय र पिसल्याण्ड नेसनल एकाडेमी विद्यालय सहभागि भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार