इलाम । आइतबार हुने दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण शनिवार साँझ ६ बजेदेखि नेपाल–भारत सीमा नाका पशुपतीनगर सिल भएको छ । तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि हुन लागेको उपनिर्वाचनका कारण सोमबार विहान १२ बजेसम्म नाका सिल हुन लागेको हो । पशुपतीनगरसंगै झापाको काँकडभिट्टा–पानीट्यांकी नाका समेत बन्द हुनेछ । खुला नाकाका कारण निर्वाचनमा हुन सक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि बन्द गर्नु परेको जनाइएको छ ।