Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाको ‘लागू औषध छाडौं प्रेम बाढौ’ अभियान

सुर्योदय नगरपालिकाको ‘लागू औषध छाडौं प्रेम बाढौ’ अभियान

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ २ २०७६


सुर्योदय नगरपालिकाको ‘लागू औषध छाडौं प्रेम बाढौ’ अभियान

फिक्कल । इलामको सुर्योदय नगरपालिकामा लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सुरु भएको छ । वडा नं ९ ले नगरपालिकाको कार्यलय बाट बालबालिका सहितको सचेतना कार्यक्रम अभियान सुरु गरेको हो । खुल्ला सिमाका कारण लागुऔषधको कारोबार बढेकाले अभियान सुरु गरिएको वडाध्यक्ष देवेन्द्र शर्माले बताए । किशोर किशोरी देखी प्रौढ सम्म कारोबारमा लागेकोले यो अभियान चालेको उनको भनाइ छ । लागुपदार्थ दुर्व्यसन बहिस्कार गरौं, लागूऔषधको प्रयोग क्यान्सर लाई सहयोग, सुधार केन्द्र बस्ने हैन उद्धमी बन्ने हो लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरिएको हो ।
विभिन्न बालक्लब तथा स्कुलका विद्यार्थी सहभागी र्यालीमा वडाध्यक्ष आफै सहभागी भएका थिए । दैनिक रुपमा लागुपदार्थको सेवन र बिक्रि बढेकोले त्यसलाई न्यूनीकरण गर्न अभियान चालिएको उनले बताए । गृह मन्त्रालयले लागुऔषध नियन्त्रण कार्यक्रम २०६९ अन्तर्गत २०६८ बैसाख १ देखी २०६९ जेठ ३२ गते सम्म नेपालका १८ जिल्लाका २६ नगरपालिकामा गरेको सर्वेक्षणले नेपालमा ९१५३४ जना लागुऔषधको अत्याधिक अम्मली रहेको तथ्य सार्वजनिक गरेको छ । जस्मा ८५२०४ जना पुरुष र ६३३० जना महिलाहरु रहेका छन । २०६३ को सर्वेक्षणमा ४६३०९ जना लागुऔषध प्रयोगकर्ताहरु रहेकोमा ६ बर्षको अवधीमा ९८% ले लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि भएको छ । प्रति बर्ष नेपालमा लागुऔषध प्रयोगकर्ताहरु ११.३६% ले बढदै गइरहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार