Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मालुममा मातातिर्थ औशीको अबसर आमाहरुलाई सम्मान

मालुममा मातातिर्थ औशीको अबसर आमाहरुलाई सम्मान

  • सन्देश सम्बाददाता
  • शनिबार, बैशाख २१ २०७६


मालुममा मातातिर्थ औशीको अबसर आमाहरुलाई सम्मान

फिक्कल । ईलामको सुर्योदय नगरपालीकाको वडा नम्बर ८ को मालुममा मातातिर्थ औशीको अबसर पारेर आमाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । मँगल ज्योति प्रतिष्ठानको आयोजना भएको कार्यक्रममा नगरपालीका भरिका २० जना आमाहरुलाई सम्मान गरिएको हो । नगरउपप्रमुख दुर्गादेबी भट्टराईको प्रमुख आतिथ्यमा कार्यकम सम्पन्न भएको थियो । प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा ८० जना बढीको उपस्थितमा आमाहरुलाई खानेकुरा खुवाएर दोसल्ला ओडाई , प्रमाणपत्रसमेत दिइएको थियो । प्रतिष्ठानका उपाध्यक्ष बाल कुमार फागोले कार्यक्रमको औचित्य माथी प्रकास पादै स्वागत मन्तब्य राख्नु भएको थियो ।

सुर्योदय सामाजिक प्रतिष्ठानका अध्यक्ष डिल्ली प्रसाद सुबेदी ,लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानकी आजिवन सदस्य सरस्वती दाहाल , शिक्षक भुवन ढुङ्गाना लगायतले आमा सम्बन्धि कबिता बाचन गर्नु भएको थियो ।

प्रतिष्ठानले गरेको कार्यक्रम अत्यन्तै सान्दभिक र आवश्यक रहेको सहभागीहरुको भनाई रहेको थियो । सहभागीहरु कायक्रम शुरुहुनु भन्दा पहिला नै आमालाई सम्झेर रमाईलो गीतमा छमछम नाच्नु भएको थियो । सोही अवसर पारेर मेची अञ्चल आर्युबेदिक उपचार केन्द्र आईताबारेका प्रमुख खगेन्द्र पौडेलले २१ जना आमाहरुलाई स्वास्थ्य प्रबद्धन सेवा अन्तर्गत स्वास्थ्य परिक्षण गरिएको थियो ।

जाँच गरिएका अधिकाँशलाई सुगर ,प्रेसर ,बाथलगायतका रोग रहेको र सबैलाई स्वास्थ्य रक्षक भिटामिन युत्त औषधी एक जना बराबर ५सय रुपैयाको निशूल्क बितरण गरिएको प्रमुख पौडेलले बताउनु भयो । प्रतिष्ठाका अध्यक्ष देबी प्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रम सचिब प्रेमसागर भट्टराईले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार