फिक्कल । सुर्योदय नगरपालिका–११ आइतबारेमा रहेको शसस्त्र प्रहरी वेस क्याम्पको इन्चार्ज परिर्वतन भएका छन । आज एक कार्यक्रमका बिच पुर्व इन्चार्ज शसस्त्र प्रहरी निरिक्षक भोला खत्रीलाई विदाइ गर्दै बाबुकाजी कटुबाललाई स्वागत गरिएको छ । नगर उपप्रमुख दुर्गादेवी भटराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ११ का अध्यक्ष टेकबहादुर राई, वडा नं १२ का अध्यक्ष डोलेन्द्र भारद्धाज, वडा नं ८ का अध्यक्ष सुवास राई, वडा नं ७ का अध्यक्ष लेखनाथ खडका, वडा नं ६ का शिवकुमार बस्नेत, भुपु इन्स्पेक्टर शिवराज राई, समाजसेवी भिष्म प्रधान लगायतको उपस्थिती रहेको थियो । गत कार्तिक ५ गते इन्र्चाजको रुपमा आइतबारे आउनुभएका खत्री सरुवा भई पकली जानुभएकोछ । शसस्त्र प्रहरीको वेस क्याम्पमा प्रत्येक ६ महिना र सिमा सुरक्षा पोष्टमा प्रत्येक १ बर्षमा इन्चार्ज परिर्वतन हुने गर्छ ।