इलाम । निरङ्कुश पञ्चायति सत्ता विरुद्ध आन्दोलनमा साहादत प्राप्त गरेका रत्नकुमार बान्तवाको ६८ औ जन्मजयन्ती तथा ४० औ स्मृती दिवस मनाइदैछ । रत्न बम प्रतिष्ठानले हरेक बर्ष वान्तवाको स्मृती दिवस मनाउदै आएको छ । यस बर्ष पनि बान्तवाको सहादत स्थल इभाङमा चित्रेमा स्मृती दिवस आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष डा देवी क्षेत्री दुलालले बताए । उनको जन्म २००८ साल चैत २७ गते इलाम चमैताको चित्रे ( हाल देउमाइ नगरपालिका–१) मा र्गजमान र पुष्पमाया राईका ११ सन्तानमा तीनवटी दिदीपछि जेठो छोराका रुपमा भएको थियो । उनको बाल्यकाल अभाव र गरिबीमा बित्यो । प्रारम्भिक चरणको शिक्षा चमैतामा पूरा गरी कक्षा सातसम्म इलामको नारायणस्थानमा आफ्ना मामा गणेश राईको घरमा बसेर पढेका थिए । कक्षा ८, ९ र १० पढ्नका लागि पाँचथरको फिदिम हाइस्कुल गए । त्यतिबेला बुबा फिदिममा प्रहरीको जागिरे भएकाले रत्नकुमार पनि बुबासँगै पाँचथर पढ्न पुगेका थिए ।
२०२८ सालमा उच्च शिक्षाका लागि धरानमा काका नाता पर्ने तुलराम देवानको घरमा बसेर आइ. ए. पढ्न थाले । तुलरामका छोरा बम देवानसँग रत्नको राम्रो मित्रता कायम रह्यो । उनले धरानमा पढे पनि त्यसको वाषर््ािक परीक्षा भने इलाम क्याम्पसबाटै दिए । आई. ए. उत्र्तीण गरेर बी.एड. पढ्न २०३० सालदेखि उनी काठमाडौँमा दुई र्वष बसे ।
त्रिभुवन विश्वविद्यालय र्कीतिपुरबाट उनले २०३२ सालमा बी. एड. उत्र्तीण गरी इलाम र्फकिए । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लगभग छ महिना अध्यापन गरी पूर्णकालीन राजनीतिमा सक्रिय हुन थालेपछि अध्यापन कार्यलाई छोडेर रत्न जनताको माझमा गए । धरानमा आई. ए. पढ्दै र्गदा २०२८ सालमा झापामा विद्रोह सुरु भयो । झापा विद्रोहले रत्नकुमारमा गम्भीर छाप छाड्यो । वामपन्थी विचार राख्ने बम देवानले पनि रत्नकुमार बान्तवालाई कम्युनिज्म्ुका बारेमा लेखिएका किताब, पत्रपत्रिका तथा अन्य सामग्री पढ्न दिएर सहयोग गरे । उनीभित्र बढ्दै गरेको कम्युनिष्ट मोह काठमाडौँमा आएपछि झाँगियो । २०३० साल असार १५ गते र्कीतिपुरमा रत्नकुमार बान्तवाको भेट र्वतमान नेकपा एमालेका महासचिव इश्वर पोखरेलसँग भयो । पोखरेल र बान्तवा एउटै कक्षा र एउटै विषय अध्ययन गर्ने सहपाठी थिए ।
वि.सं. २०३२ सालमा अखिल नेपाल को अडिनेसन केन्द्रको इलाम जिल्ला कमिटी गठन भयो । यसको सचिव थिए झलनाथ खनाल । अन्य सदस्यमा रत्नकुमार बान्तवा, गणेश राई, अगम बान्तवा, भक्त देवान, बमप्रसाद बान्तवा र वसन्त पराजुली थिए । र्बुजुवा शिक्षा बहिस्कार र्गदै गाउँ गाउँमा गएर जनतालाई सङ्गठित र्गनुर्पछ भन्ने मान्यताका साथ रत्नकुमार बान्तवा क्याम्पसको जागिर छाडेर २०३३ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय हुन थाले ।
रत्नकुमार बान्तवाले २०३४ सालमा चमैताको आफ्नै घरमा सुरुङ बनाए । त्यसमा बमप्रसाद, डिल्ली, मोहन र पदमको समूह लागेको थियो । रत्नकुमार बान्तवा वैज्ञानिक र व्यावहारिक ज्ञानमा पोख्त थिए । बान्तवाको प्रत्यक्ष निर्देशन र कल्पनामा बनाइएको सुरुङभित्र ६ र ७ जना बसेर छलफल गर्न सक्ने ठाउँ छ । सुरुङको एउटा मुख रत्नको घरमा थियो भने अर्काे मुख जङ्गलको बीचमा थियो । तेस्रो शक्तिको रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको २०३५ पुस ११ गते संस्थापक केन्द्रीय सदस्य भएका रत्नकुमार बान्तवा पूर्व उत्तर क्षेत्रको इन्र्चाज थिए । उनको कार्यक्षेत्र इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर र सङ्खुवासभा जिल्ला थिए । २०३५ साल माघमा नेकपा माले इलाम जिल्ला कमिटी गठन भयो र त्यसका सचिव पनि रत्नकुमार बान्तवा नै भए ।
पाँचथरको सुकेपोखरी प्रहरी चौकीबाट २०३५ साल मङ्सिरमा गस्तीमा गएका एक प्रहरीलाई चमैताका किसानले नियन्त्रणमा लिएर कुटपिट गरे । प्रहरीलाई नियन्त्रणमा लिएर किसानले कुटेपछि त्यो विद्रोहको पछाडि रत्नकुमार बान्तवाको हात छ भन्ने कुरा प्रशासनले थाहा पायो र चमैता, चित्रे, इभाङमा व्यापक सर्च अभियान चलाउन थाल्यो । २०३५ फागुन २१ गते सुखानीमा मारिएका पाँच जनाको स्मृति दिवस पारेर इलामभरि व्यापक पर्चा छरियो । यसको प्रत्यक्ष नेतृत्व रत्नकुमार बान्तवाले गरेका थिए । त्यस समयमा झलनाथ खनाल झापा जेलमा थिए भने तत्कालीन नेकपा मालेको केन्द्रीय कमाण्डरका रुपमा रत्नकुमार बान्तवाले इलाम लगायतका पूर्वी पहाडी क्षेत्रमा सहिदको बदला लिन पञ्चायती शासन ढाल्ने,राजतन्त्रको उन्मूलन गर्ने र जनवादी शासन स्थापना गर्ने उद्देश्यका साथ पर्चा छरेका थिए ।
सङ्गठन निर्माणका क्रममा रत्नकुमार बान्तवा इलामको नाम्सालिङ्ग पुगेको कुरा सुराकीबाट थाहा पाएपछि प्रहरीले २०३५ चैत २४ गते नामसालिङ्गका लोकबहादुर लिम्बूको घरमा घेरा हाल्यो । त्यतिबेला रत्नकुमार बान्तवा, जैमिला राई र डिल्लीप्रसाद राई घेराउमा परे । रातको समयमा प्रहरीको आँखा छलेर रत्नकुमार बान्तवा भाग्न सफल भए र साथीहरुलाई पनि भगाए ।
रत्नकुमार बान्तवाको खोजीमा निस्किएको प्रहरीले २०३५ साल चैत २४ गते इभाङ्गमा रत्नकुमार बान्तवा भन्ने ठानेर गाउँले किसान निमा र्शेपालाई गोली हानेर हत्या गर्याे । निमा शेर्पाको अनुहार र जिउडाल रत्नकुमार बान्तवासँग मिल्दोजुल्दो थियो । सुराकीले रत्नकुमार भनेर औँल्याएपछि निमालाई प्रहरीले गोली हानेको थियो तर पछि रत्नकुमार बान्तवा नभएर अर्कै व्यक्ति मारेको थाहा पाएपछि प्रहरी बान्तवाको थप खोजीमा निस्कियो ।
इभाङमा रहेको एक किसानको घरबाट २०३५ चैत २७ गते बिहान साढे चार बजे उठेर रत्नकुमार बान्तवा, सुशीला श्रेष्ठ, अगम बान्तवा र कुसुम राई ताप्लेजुङ्ग हिँडेका थिए । अलिकति अगाडि बढेपछि प्रहरीसँग उनीहरुको झम्काभेट भयो । प्रहरीसँगै आएका सुराकीले औँल्याएपछि अगाडि रहेका बान्तवालाई प्रहरी विष्णु राईले गोली हाने । रत्नकुमार बान्तवाले पहिलो गोली छले र खुकुरी झिकेर प्रहरीमाथि जाइ लागे । दोस्रो गोली पनि छलिएर अर्काे प्रहरीलाई लाग्नपुग्यो । तेस्रो गोलीले रत्नकुमार बान्तवाको छाती फोरेर मुटुलाई छेड्यो । यसरी रत्नकुमार बान्तवा २७ वर्ष पूरा गर्दै गर्दा जन्मदिनमै प्रहरीको गोलीद्धारा मारिए । रत्नले सहादत गरेको १ महिना नवित्दै बमप्रसाद वान्तवाको २०३६ साल बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरिएको थियो । रत्नकुमार बान्तवाले सहादत प्राप्त गरेको ३७ बर्षपछि २०७२ फागुन २२ गते उनलाई सरकारले सहिद घोषणा गरेको थियो । वान्तवाको स्मृतीमा इलाम नगरपालिका–१ साखेजुङमा रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट समेत बनाइएको छ ।
बान्तवाको ६५ औ स्मृती दिवसमा यसरी सम्झिएका थिए इश्वर पोखरेलले
गत बर्ष बान्तवाको ६६ औ जन्मजयन्ती तथा ३८ औ स्मृती दिवसमा चित्रेमा निर्माण गरिएको रत्नकुमार बान्तवा र बम प्रसाद वान्तवाको सालिक उद्धघाटन गर्न आएको तत्कालिन नेकपा एमालेका महासचिव इश्वर पोखरेलले बान्तवालाई सम्झदै यसो भने ‘उसबेला एउटै कोठामा बस्थ्यौं, एउटै कक्षामा एउटै विषय पढ्थ्यौं । रोल नम्बर पनि ठीक अघि–पछि थियो,’ रत्नकुमारसँगको सामीप्यताबारे नेकपा एमाले महासचिव ईश्वर पोख्रेलले सम्झिए, ‘हुन त देहान्त भएपछि धेरैजनाको विषयमा काल्पनिक कथा बनाइन्छन् । तर, रत्न यस्ता प्रतिभा थिए, जो एकैपटक २ हातले बेग्लाबेग्लै विषयमा लेख्न सक्थे । आफूलाई ठीक लागेका काम दृढ भएर गर्ने, बाजा बजाउन, गीत गाउन र हरेक कामको विशिष्ट प्रतिभा झल्किन्थ्यो रत्नमा ।’ सहिद रत्नको जन्मघर पुगेर पोख्रेलले रत्नसँगको युवाकालका स्मृति बाँडे । कम्युनिस्ट आन्दोलनको बीउ झाँगिँदै गरेका बेला रत्नले पु¥याएको योगदानको चर्चा गर्दै पोख्रेलले भने, ‘सँगै बस्ने र राजनीतिक गतिविधि गर्नेक्रममा २०३३ सालमा म रत्नसँगै उनको यो घरमा आएको थिएँ,’ उनले सुनाए, ‘मेरो अत्यन्त घनिष्ट साथी रत्नको हत्या भएको खबरले अहिले पनि भावुक हुन्छु । उनी भूमिगत रूपमा कति लगनशील भएका थिए भन्ने चर्चा गरेर सकिँदैन ।’
( रत्नबम प्रतिष्ठानका अध्यक्ष देवी क्षेत्री दुलालको रत्न बान्तवा सम्वन्धी पुस्तक र उनीसंगको कुराकानीबाट)