Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

तक्पतमा पद्यमा छोयलिङ गुम्वाको शिलान्यास,

तक्पतमा पद्यमा छोयलिङ गुम्वाको शिलान्यास,

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २१ २०७५


तक्पतमा पद्यमा छोयलिङ गुम्वाको शिलान्यास,

फिक्कल : सूर्योदय नगरपालिका ४ तक्पतमा पद्यमा छोयलिङ बौद्ध गुम्वाको शिलान्यास गरिएको छ । तमु समाज तक्पतले निर्माण गर्न लागेको गुम्बाको बिहिबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो । गुम्बा निर्माण समितिका संयोजक राधिका घलेको अध्यक्षता तथा सूर्योदयन गरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रणबहादुर राईले बिभिन्न जातजातीको साझा थलो रहेको नगरपालिकामा बौद्ध गुम्बा निर्माणले धार्मीक पर्यटन प्रर्वधनमा टेवा पुग्ने बताए ।
उनले अन्तु आफैमा पर्यटकीय क्षेत्र भए पनि गुम्वा निर्माणले बिदेशी पर्यटकलाई समेत तान्न सक्ने बताए । नगर प्रमुख राईले बिकास निर्माणका काम रातारात नहुने क्रमस बिकास हुँदै जाने बताए । उनले अन्तुको बिकासका लागि नगरले पर्याप्त बजेट बिनियोजन गरेकाले आगामी दिनमा थप ब्यवस्थित गरेर लगिने बताए । तमु समाजका अध्यक्ष होम बहादुर गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रममा ४ नम्बर वडाध्यक्ष मधुसुधन लामीछाने, १० नम्बर वडाध्यक्ष पेमाउगेन लामा लगायतले मन्तब्य राखेका थिए ।
गुम्बा निर्माणका लागि स्थानीय लोक बहादुर घलेले १ रोपनी जग्गा दान गरेका छन । गुम्बा निर्माणका लागि स्थानीयले आर्थिक संकलनको काम गरिरहेका छन । गुम्बाको शिलान्यास लामाहरुले गरेका थिए । कार्यक्रममा स्थानीय गायक लेखु बिवस , रघुन गुरुङ लगायतको उपस्थिति रहेको थियो । नगर प्रमुख राईले अन्तु पोखरीको समेत निरिक्षण गरे । निरिक्षणका क्रममा अन्तु पोखरी आसपासका जग्गादाता समेत छलफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार