Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मंगलज्योती प्रतिष्ठानको छैटौ बार्षिक साधारणसभा सम्पन्न

मंगलज्योती प्रतिष्ठानको छैटौ बार्षिक साधारणसभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र १६ २०७५


मंगलज्योती प्रतिष्ठानको छैटौ बार्षिक साधारणसभा सम्पन्न

फिक्कल । मंगलज्योती सेवा प्रतिष्ठानको छैटौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष देवीप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद काजीमान कागतेको प्रमुख आतिथ्यता र वडा नं ८ का अध्यक्ष सुवास राईको बिशेष आतिथ्यता रहेको थियो । उपाध्यक्ष बालकुमार फागोले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथी कागते विशेष अतिथी राई, सदस्य प्रविन तिमसिना र डिल्लीप्रसाद सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
 अध्यक्षमा पुनः उप्रेती चयन
भेलाले अध्यक्षमा पुनः देवीप्रसाद उप्रेती चयन गरेको छ । समितीले अघिल्लो कार्यसमितीका सवै पदाधिकारीलाई सर्वसम्मत चयन गरेको हो । समितीको उपाध्यक्षमा बालकुमार फागो, सचिव प्रेमसागर भटराई, सहसचिव सावित्रा पोखरेल, कोषाध्यक्ष भीम बहादुर खडका चयन हुनुभएको छ । सदस्यहरुमा हेम सुवेदी, प्रविन तिमसिना, बिष्णु मैनाली, पर्शुृराम गडतौला, यामबहादुर कटुबाल, इन्दिरा कटुबाल, केदारनाथ अर्याल, माया श्रेष्ठ चयन भएका छन । समितीको मनोनित सदस्यमा तारा नेपाल र सुजन नेपाल रहेका छन । त्यसैगरी समितीको सल्लाहकार संयोजकमा कृष्णप्रसाद सुवेदी, सदस्यहरुमा डिल्लीप्रसाद सुवेदी, भुवनराज ढुंगाना, अभिनन्द गिरी, ताराप्रसाद भटराई, गोविन्द गडतौला, बेदप्रसाद ुदुलाल, कुमार बहादुर श्रेष्ठ र टंकबहादुर विक रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार