Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

किरात याक्थुङ चुम्लुङ्गको अध्यक्षमा चेम्जोङ

किरात याक्थुङ चुम्लुङ्गको अध्यक्षमा चेम्जोङ

  • लिला सुव्वा
  • शुक्रबार, चैत्र १५ २०७५


किरात याक्थुङ चुम्लुङ्गको अध्यक्षमा चेम्जोङ

फाकफोकथुम । किरात याक्थुङ चुम्लुङ्ग फोकफोकथुम–४ फूएतपाको चौथो अधिवेशनबाट अध्यक्षमा कृष्ण चेम्जोङ निर्वाचित भएका छन । अध्यक्ष पदका आकाँक्षीहरु बढी भएको कारण गोलप्रथाबाट चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन । मखानसिंह लिम्बुको प्रमुख आतिथ्यता रहेको समितीको उपाध्यक्ष जगत लिम्बु, सचिब गजेन्द्र लिम्बु, कोषाध्यक्ष चन्द्र कुमारी सुब्बा रहेका छन । सदस्यहरू साजन लिम्बु, देबिका लिम्बु, पूर्ण कुमारी लिम्बु, कबिर लिम्बु , कौशिला लिम्बु रहेका छन ।
सल्लाहकार अम्बर लिम्बुको स्वागत मन्तव्य रहेको कार्यक्रममा आदिवासी जनजाती समन्वय परिषद फुएतप्पाका अध्यक्ष दिपक लिम्बुले मन्तव्य राखेका थिए । चुम्लुङको प्रगती प्रतिवेदन सचिव चन्द्रकुमारी सुव्वाले प्रस्तुत गरेकी थिइन । खुल्ला सत्रमा लिम्बु संक्रिति धान नाच र च्याब्रुङ्ग नाच समेत प्रदर्शन गरीएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार