Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जेसीबीबाट खसेको ढुङगाले लागेर इलामकी एलिसा ठहरै !

जेसीबीबाट खसेको ढुङगाले लागेर इलामकी एलिसा ठहरै !

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १० २०७५


जेसीबीबाट खसेको ढुङगाले लागेर इलामकी एलिसा ठहरै !

इलाम । बाटो खन्ने क्रममा जेसीबीबाट खसेको ढुङगाले लागेर इलाममा एक वालिकाको ज्यान गएको छ । दिउँसो ३ बजे इलाम नगरपालिका ८ स्थित गरीमाटोल अन्तर्गत भित्रि कच्ची सडक खन्ने क्रममा खसेको ढुङगाले लागेर १३ वर्षीया एलिसा न्यौपानेको ज्यान गएको हो । बाटो मुनी (तल) सोतर (पात पतिङगर) बटुल्दै गरेकी न्यौपानेलाई माथिबाट खसेको ढुङगाले टाउकोमा लागेर स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
जेसीबीका चालक तत्काल फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । त्यसैगरी आज बिहान ९ बजे सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका, वडा नं.–४ खेवरिङमा बाटो खन्ने क्रममा झरेको ढुङ्गाले लागेर एक्साभेटर चालकको मृत्यु भएको छ । बाटो माथिबाट स्काभेटरमा ढुङ्गा झरी स्काभेटर बाटोबाट अन्दाजी ३० मिटर तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ । सो घटनामा स्काभेटर चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.–१ बस्ने पतरुष श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी चौकी बाह्रबिसे सङ्खुवासभाबाट प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखेको र घटनास्थल मुचुल्का लगायत थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी निरीक्षक सहितको टोली खटिई गएको बताइएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार