माईपोखरी । इलामको सन्दकपुर गाउँपालिका १ स्थित माइपोखरीमा आगलागी बाट घर जलेर घरबार बिहिन भएका पिडीतलाई निर्माण व्यवसायी डम्बर खड्काले सहयोग गरेका छन् । घर क्षति भएर पिडित परिवारलाइ दुखेको घाउमा मलम लगाउन र पुनःस्थापित गर्नका लागि व्यवसायी खड्काले एकाउन्न हजार सहयोग गरेका हुन् । आगलागि पिडितलाई भेटेर व्यवसायी खड्काले पिडितहरुलाई नै सहयोग रकम हस्तान्तरण गरेका थिए । फागुन ३० मा उत्तरी पर्यटकीय स्थल माइपोखरी नजिकैको बस्तीमा आगलागी हुँदा चार घर जलेका थिए । सन्दकपुर गाउँपालिका वडा नं १ माइपोखरी अगाडि रहेका घरमा आगलागी हुँदा चार घरमा बसोबास गर्ने ७ परिवारको धनमाल नष्ट भएको थियो ।
आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया र लाक्पा शेर्पाको घर जलेको हो । चक्र मुखियाको भान्साबाट सल्किएको आगो अनियन्त्रित रुपमा फैलिएर पुरा वस्ती नै नष्ट भएको थियो ।