Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईभ्याली गोल्डकप : एपिएफलाई हराउदै दाफिन्स सेमीफाइनलमा

माईभ्याली गोल्डकप : एपिएफलाई हराउदै दाफिन्स सेमीफाइनलमा

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन ३० २०७५


माईभ्याली गोल्डकप : एपिएफलाई हराउदै दाफिन्स सेमीफाइनलमा

इलाम । विभागीय टिम एपिएफलाई हराउँदै क्यामरुनी क्लब दाफिन्स इलाममा जारी माइभ्याली गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । खेलको सुरुवातबाटै दबाब कायम राखेको दाफिन्सले ३–१ गोल अन्तरले हराएको हो । दाफिन्सको जितमा पेटाङ््गाले २ गोल र मेजोभ्केले १ गोल गरे । खेलको १५ औ मिनेटमा काउन्टरमा मोजभ्केले गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए । २१ औ मिनेटमा पेटाङगाले अग्रता दोव्वर बनाए । एपिएफका सुदिप सिख्रकारलाई छलाउँदै पेटाङ््गाले गोल गरेका थिए । ३७ औ मिनेटमा एपिएफले अग्रता कम पा¥यो । राजिव लोप्चनको प्रहार बारमा लागेर आएको रिवाउन्ड बललाई जाली चुमाउदै हरि कार्कीले अग्रता कम पारेपनि जितका लागी पर्याप्त हुन सकेन ।

५७ औ मिनेटमा मेजोभ्केको कर्नर प्रहारलाई पेटाङ््गाले गोल गरेपछि एपिएफलाई ३–१ ले हराउँदै दाफिन्स सेमीफाइनल पुगेको हो । खेलमा एपिएफले पाएको प्रहारहरुलाई सदुपयोग गर्न सकेन । आधा दर्जन प्रहारहरु क्यामरुनका गोलरक्षक प्रिसो जङ््गाले बचाएका थिए । क्यामरुनले समेत राम्रा अवसरहरु सदुपयोग गर्न सकेन । टिना टिनाले पेनाल्टी एरिया नजिकै पाएको अवसरलाई पोष्टको फ्रेममा प्रहार गर्न सकेनन्् । मेजोभ्के र पेटाङ््गाले समेत पेनाल्टी एरियामा पाएको अबसरलाई प्रहार गर्न सकेनन्् ।

दाफिन्सले फाइनल प्रवेशका लागी विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ । एपिएफ जारी सिजनमा दाफिन्ससंग तेश्रो पटक पराजित भएको हो । यसअघि २१ औ तिलोत्तमा गोल्डकप र २१ औ बुढासुव्वा गोल्डकपमा एपिएफ पराजित बनेको थियो । आजको खेलको म्यान अफ दि म्याच दाफिन्सका पेटाङगा घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा शुक्रबार त्रिभुबन आर्मी क्लबले मेची नेत्रालय काँकडभिट््टा ट्रेनिङ सेन्टर (केएफटिसी) बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार