Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

लोपाेन्मुख वन्यजन्तुको तस्करी रोक्न हाब्रे संरक्षण संञ्जाल गठन गरिने

लोपाेन्मुख वन्यजन्तुको तस्करी रोक्न हाब्रे संरक्षण संञ्जाल गठन गरिने

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन २८ २०७५


लोपाेन्मुख वन्यजन्तुको तस्करी रोक्न हाब्रे संरक्षण संञ्जाल गठन गरिने

इलाम । लोपाेन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थान रहेको इलामको सन्दकपुर गाउँपालिकामा तस्करी नियन्त्रणका लागि सरकारी र गैरसरकारी संस्था एक भएका छन् । नेपाल भारत खुल्ला सीमा क्षेत्र भएका कारण चोरी तस्करी बढ्दै गएपछि लोपाेन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षण गर्न डिभिजन वन कार्यालय, सन्दकपुर गाउँपालिका र सुरक्षा निकायले संयुक्त गस्ति गर्ने भएका हुन् । इलामको सन्दकपुर गाउँपालिका स्थित माइमझुवामा सन्दकपुर गाउँपालिका, डिभिजन वन कार्यालय, पर्यावरण संरक्षणमा सक्रिय संस्था उच्च पहाडी जडिबुटी उत्पादक तथा संरक्षण संस्था, सामुदायीक वनका पदाधिकारीको उपस्थितिमा सम्पन्न बैठकले वन क्षेत्रबाट चोरि निकासी हुने वन पैदावार र वन्यजन्तु चोरी सिकारी रोक्ने निर्णय गरेको हो ।
डिभिजन वन कार्यालय इलामको प्रमुख श्रीप्रसाद बरालको अध्यक्षता तथा सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईको प्रमुख आतिथ्यतामा भएको बैठकले सन्दकपुर गाउँपालिकामा स्थापन गर्न लागेको रेडपाण्डाको संरक्षण व्यवस्थापनका सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय गरेको छ । विश्वमै लोपउन्मुख रेडपाण्डा पाइने सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिका वडा नम्बर एकमा रहेका रेडपाण्डा नेटवर्कबाट हुँदै आएको संरक्षणको कामलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादूर राईले बताए ।
रेडपाण्डा संरक्षणको कामलाई अझ प्रभावकारी रुपमा कार्यक्रम गर्नका लागि रेडपाण्डा नेटवर्कले संरक्षणको काम गर्दै आएका सामुदायीक वनहरुमा समावेस गरि दूई वटा हाब्रे संरक्षण संञ्जाल गठन गर्ने निर्णय समेत गरेको रेडपाण्डा नेकवर्कका धनबहादूरु खाम्दाकले बताए । संञ्जाल गठनका लागि रेडपाण्डा नेटवर्कको साझेदारी संस्था उच्च पहाडी जडिबुटी उत्पादन तथा संरक्षण संस्थालाई जिम्मिेवार दिइएको छ भने गठन हुने सञ्जालको बैठकले ३÷३ महिनामा बस्नेछ । बैठकमा बोल्दै सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईले भारतसँग सीमा जोडीएको उत्तरी क्षेत्रमा भइरहेको तिब्र वन फडानी रोक्नका लागि संरक्षण क्षेत्र बनाउने काम भइरहेको बताए । उनले संरक्षणको पहुँचमा नपुगेका तर लोपाेन्मुख वन्यजन्तुको पाइने वनक्षेत्रलाई सामुदायीक वन निर्माण गरि संरक्षणका काम गर्ने काम अघि बढाइएको जानकारी दिए । बैठकमा सन्दकपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गिरिराज खनाल, सदस्य अमृत राई, रेडपाण्डा नेटवर्कका धनबहादूर खाम्दाक, कृष्ण राई, दावातेन्जी यल्मु, सव डिभिजन कार्यालय सन्दकपुरका सुसिल मण्डल र नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमल्सिनाको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार