Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पशुपतीनगरमा  १२ दिने पाक शिक्षा तालिम सुरु

पशुपतीनगरमा  १२ दिने पाक शिक्षा तालिम सुरु

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन २० २०७५


पशुपतीनगरमा  १२ दिने पाक शिक्षा तालिम सुरु

पशुपतीनगर । सुर्योदय नगरपालिका २ पशुपतीनगरको सार्वजनिक आधारभुत विद्यालयको भवनमा हिजोबाट १२ दिने पाक शिक्षा तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघ सुर्योदय नगर समन्वय परिषद वडा नं २ र महिला संरक्षण समन्वय समिती वडा नं २ को संयुक्त आयोजनामा सो कार्यक्रम आजबाट सुरु भएको हो । वडाको लक्षित बर्गको १ लाख ८० हजार बजेटबाट सो कार्यक्रम सुरु गरिएको हो । परिषदका अध्यक्ष ध्रुबकुमार सुव्वाको अध्यक्षता एवम जिल्ला समन्वय समिती सदस्य ज्याजीमाया तामाङको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन कार्यक्रममा वडाध्यक्ष चन्द्रकुमार सुव्वाको विशेष आतिथ्यता रहेको थियो ।
२७ जना सहभागी रहेको तालिमको सहजिकरण प्रशिक्षकद्धय योगेश अधिकारी र भरत तामाङले गर्नेछन । स्थानिय स्तरमा रहेका बेरोजगार युवाको लागी रोजगारीको अवसर सृजना गरी युवा जनशक्तीलाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने भावनाको विकास गराउन तालिम आयोजना गरिएको सुव्वाले जानकारी दिए । फागुन ३० गतेसम्म तालिम चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार