फिक्कल । सुर्योदय नगरपालिका–६ मा ८० बर्षमाथीका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण एवम सम्मान गरिएको छ । वडाको नयाँ भवन निर्माणस्थलमा १६ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षणका साथै न्यायो कपडा, फलफुल र थर्मस वितरण गरिएको हो । कार्यक्रममा वडाध्यक्ष शिवकुमार बस्नेत, वडा सदस्य, सामाजिक सहजकर्ता लगायतको उपस्थिती रहेको थियो । त्यसैगरी सम्मानस्थलसम्म आउन नसकेका साविकका ३, ५ र ६ नं वडाका ६ जना असक्त जेष्ठ नागरिकहरुलाई घरमै पुगेर सम्मान गरिएको वडा सचिव किशोर कुमार अधिकारीले जानकारी दिएका छन । सोही कार्यक्रम अन्तर्गत आज हर्कटे बजार र तारगाँउमा कार्यक्रम आयोजना गरिएको उनले बताए ।