कन्याम । नेपाल रेडक्रस सोसाइटी उपशाखा कन्यामको १५ औ उपशाखा सभा आज सम्पन्न भएको छ । उपशाखा सभापति तारानाथ कटुबालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य काजीमान कागतेको प्रमुख आतिथ्यता र जिल्ला रेडक्रस सोसाइटी इलाम शाखाका सभापति देवीप्रसाद गौतमको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममलाई सम्वोधन गर्दै प्रमुख अतिथी कागतेले विपतको समय तथा स्वास्थ्य र खाध्य सुरक्षाको क्षेत्रमा रेडक्रसलाई सवै पक्षबाट सहयोग गर्नुपर्ने बताए ।
उनले स्थानिय सरकार तथा वितिय संघ संस्था लगायतले विपतको साथी रेडक्रसलाई सहयोग गर्न अपिल समेत गरे । कन्याम क्षेत्रमा एम्बुलेन्स नहुँदा समयमा स्वास्थ्य संस्था पुग्न असहज भएकाले उपशाखालाई कार्ययोजना बनाएर एम्बुलेन्स संचालन गर्न आग्रह गरे । त्यसैगरी बिशिष्ट अतिथी गौतमले मुलुक संघियतापछि स्थानिय तहमा गइसकेकाले रेडक्रसको संरचना समेत सोही अनुसार नै हुनुपर्ने बताए । उनले रेडक्रसले विपतका समयमा गरेको योगदानको बिषयमा चर्चा गरे ।
पदम गिरीको स्वागत मन्तव्य रहेको कार्यक्रममा महिला प्रतिवेदन हेमन्ता निरौला, लेखा परिक्षण कोषाध्यक्ष टिकाराम अधिकारी र बार्षिक कार्यक्रम प्रतिवेदन सभापति कटुबालले प्रस्तुत गरेका थिए । कार्यक्रममा इकाराम प्रधान, खेमप्रसाद लुइटेल, रेडक्रस निर्वाचन आयुक्त हरिकला श्रेष्ठ, वडा सदस्य रमेश प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उपशाखाको भवन निर्माण गर्दा १ लाख ७९ हजार ऋण लागेको बताइएको छ । कार्यक्रमको संचालन र प्रगती प्रतिवेदन सचिव प्रेमबहादुर गिरीले प्रस्तुत गरेका थिए ।
उपशाखाको नयाँ कार्य समिती निर्वाचन गरिने भएपनि सरकारले ऐन, नियमहरु परिमार्जन गरिरहेको कारण कम्तीमा ३ महिना निर्वाचन गर्न नसकिने जिल्ला सभापती गौतमले बताए ।