Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पतञ्जलीका चार औषधि गुणस्तरहीन, उपयोग नगर्न सरकारको आग्रह

पतञ्जलीका चार औषधि गुणस्तरहीन, उपयोग नगर्न सरकारको आग्रह

  • लोकल सन्देश
  • बुधबार, जेष्ठ २४ २०७४


पतञ्जलीका चार औषधि गुणस्तरहीन, उपयोग नगर्न सरकारको आग्रह

काठमाडौं : औषधि व्यवस्था विभागले भारत, उत्तराखण्डस्थित दिव्य फार्मेसीबाट उत्पादित र पतञ्जली आयुर्वेदिक केन्द्रबाट मुलुकमा बिक्री वितरण हुने चार वटा औषधि गुणस्तरहीन रहेको जनाउँदै बजारबाट फिर्ता लिने आदेश दिएको छ।

‘हामीले आफैं बजारबाट संकलन गरेर नमूना परीक्षण गरेका होइनौं, पतञ्जलीले नै औषधि नविकरण गर्दा उपलब्ध गराएका औषधिको नमुना परीक्षण गर्दा गुणस्तरहीन देखिएको हो,’ विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, ‘औषधिमा ब्याक्टेरियाको मात्रा तोकिएको सीमा भन्दा बढी देखिएको हो।’

ढकालका अनुसार अनुसार उक्त सबै औषधि विभागद्वारा गरिएको ‘माइक्रोवियल’ परीक्षणमा फेल भएपछि यसको बिक्री वितरण, प्रस्ताव र प्रयोग नगर्न भनिएको हो। बजारमा भएका आयुर्वेदिक औषधिहरु को सुरक्षितता, प्रभावकारिता र मूल्य मा कसैको लगाम छैन सवै भगवान् भरोसामा चलिरहेको दाबी गर्दे उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईं भन्छन्, ‘आयुर्वेदिक औषधिहरुको गुणस्तर, प्रभावकारिता र सुरक्षाबारे व्यापक परीक्षण आवश्यक छ ।’

विभागले गुणस्तरहीन भनेका औषधिमा दिव्य फार्मेसीद्वारा उत्पादित उत्पादन मिति जनवरी २०१६ र म्याद नाघ्ने मिति डिसेम्बर २०१८ रहेको ब्याच नम्बर बीडब्लुसी ०२७ को विलादी चूर्ण, यस्तै उत्पादन मिति फरवरी २०१६ र म्याद नाघ्ने मिति जनवरी २०१८ रहेको ब्याच नम्वर ए–एभीसी ०६७ रहेको अभिपत्तिकर चुूर्ण, उत्पादन मिति मार्च २०१६ र म्याद नाध्ने मिति फरवरी २०१८ रहेको व्याच नम्वर एजेसी ०२८ भएको अजमोदादी चुर्ण एवं उत्पादन मिति सेप्टेम्वर २०१५ र म्याद नाघ्ने मिति अगष्ट २०१७ रहेको  ब्याच नम्वर एसपीसी ०१५ भएको सितोपलादी चूर्ण रहेको छ।

विभागले उल्लेखित ब्याचका यी औषधिहरूलाई सिफारिस, बिक्रीवितरण र प्रयोग समेत नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। ढकालका अनुसार दिव्य फार्मेसीको औषधि परिक्षणमा सफल नहुनुको अर्थ त्यहाँको उत्पादन प्रकृया राम्रो छैन । औषधि कम्पनीले उत्पादन प्रकृयालाइ पुनरावलोकन गर्नु पर्ने सुझाव समेत ढकालले दिए। यस्तो औषधि सेवनले रोग निको गर्नुको सट्टा सोझै नया रोग लाग्न सक्ने सम्भावना समेत हुने उनको भनाइ छ। (कान्तिपुर दैनिकबाट) 

प्रतिक्रिया
सम्बन्धित समाचार