Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डा.गोविन्द केसी १६ औंं अनसन इलाममा बस्ने

डा.गोविन्द केसी १६ औंं अनसन इलाममा बस्ने

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस २४ २०७५


डा.गोविन्द केसी १६ औंं अनसन इलाममा बस्ने

इलाम । सरकारले आफना माग पुरा नगरेपछि डा. गोविन्द केसी १६ औंं अनसन इलाममा बस्ने भएका छन् ।

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसन बस्दै आएका डा. केसीले भोली(२५गते) बाट इलाममा अनसन बस्ने तयारी गरेका हुन । उनले इलाम आएर अनसनको तयारी थालेका छन् । डा. केसीले आफना माग पुरा नगरे मंगलबार बेलुका चार बजे पछी अनसन शुरु गर्ने बताएका । इलामको कुन स्थानमा अनसन बस्ने भन्ने टुङ्गो लागेको छैन ।

गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । उक्त विधेयक लामो समय सम्म पनि संसोधन नभएपछि १६औं पटक अनसन बस्र्ने तयारी भएको हो ।सरकारसँग भएको पछिल्लो सम्झौतामा पूर्वमा पाँचथर र इलाम जिल्ला मध्ये एक जिल्लामा र सुदूरपश्चिममा डडेलधुरा र डोटिमा एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापनाका लागी भएको सम्झौता कार्यान्वयनको माग राखेका थिए । सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका थिए । डा. केसी निकटका अनुसार इलाम बजारमा अनसन स्थल तय गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार