Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भारतसँगको खेलका लागी नेपालको सुरुवाती ११ सार्वजनिक

भारतसँगको खेलका लागी नेपालको सुरुवाती ११ सार्वजनिक

  • लोकल सन्देश
  • मंगलबार, जेष्ठ २३ २०७४


भारतसँगको खेलका लागी नेपालको सुरुवाती ११ सार्वजनिक

 

भारतसँगको मैत्रीपूर्ण खेलमा टोलीमा फर्किएका नवयुग श्रेष्ठले सुरुवाती एघारमा स्थान पाएका छन् । नवयुग र बिमलले नेपालको आक्रमण सम्हाल्ने भनेपछि भरत खवासले भने सुरुवातमा स्थान पाएनन् ।

त्यस्तै घुडाँको चोटका कारण रबिन श्रेष्ठ उपलब्ध नभएपछि कमल श्रेष्ठले बिराज , आदित्य र अन्जनलाई डिफेन्समा साथ् दिनेछन ।

एसियन कपको छनोट चरणका खेलको तयारीका लागि नेपाल र भारतबीच आज साँझ मैत्रीपूर्ण खेल हुँदैछ। खेल मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुनेछन् ।

प्रशिक्षक कोजीरोजाईमा पर्न सफल खेलाडी यस प्रकार छन् ।

किरण चेम्जोङ्ग, विराज महर्जन, अनन्त तामाङ्ग, आदित्य चौधरी, कमल श्रेष्ठ
रोहित चन्द, हेमन गुरुङ्ग, अन्जन विष्ट, सुजल श्रेष्ठ, बिमल घर्ति ,नवयुग श्रेष्ठ

प्रतिक्रिया
सम्बन्धित समाचार