फिक्कल । सुयोदय नगरपालिकाले नगरका प्रमुख बजार र पर्यटकीय क्षेत्रमा डस्टबिन वितरण गरेको छ। नगरपालिकाले पर्यटकको बढी चाप हुने क्षेत्रका टोल विकास संस्थालाई डसबिन वितरण गरेको हो। नगरलाई प्लाष्टिक झोला मुक्त बनाउन अभियान नै चलाएको नगरपालिकाले नगुको मुख्य व्यपार केन्द्र फिक्कल, पशुपतिनगर, तीनघरे सहितमुख्य पर्यटकीय क्षेत्र कन्याम र श्रीअन्तुमा ४० वटा डस्टबिन वितरण गरेको नगरपालिकाका वडा न १० का वडा अध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।
सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले नगरको सन्दरतालाई कायम राख्ने अभियान अन्तरगत डसबिन वितरण गरेको बताए । नगर प्रमुख राई आफै टोलटोलमा गएर डस्टिविन बितरण गरेका थिए । वितरित डस्टिविनको दुरुपयोग गर्नेलाई कारवाही समेत गरिने लामाले बताए । नगरपालिकाले केही समयअघि प्लाष्टिक झोला मुक्त नगर घोषणा गरेको थियो।
नेपाल सरकारले नगरको कन्याम–फिक्कल–अन्तु सर्किटलाई सय गन्तव्यको रुपमा सूचीकृत गरेपछि नगरले पनि सरसफाई र पर्यटकीय गतिविधिलाई तीव्र बनाएको लामाले बताए । नगरमा पर्यटकको आगमनसँगै फोहोर उत्सर्जन समस्याको रुपमा बढ््दै गएको छ। नगरपालिकाले नगरलाई रेड लेवल विषादी मुक्त समेत घोषणा गरिसकेको छ।