फिक्कल । सुर्योदय नगरपालिका– ५ समाल्बुङमा एक व्यक्ती मृत फेला परेका छन । गत शनिबारबाट हराइरहेको स्थानिय ४१ बर्षिय केशबहादुर राई मानव बस्तीभन्दा १ सय मिटर पर बारीको कान्लामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ । अत्याधिक मादक पदार्थ सेवन गर्ने राई अरुको घरमा काम गर्दै गुजारा गर्ने गरेका थिए । तर शनिबार घरबाट हराएपछि परिवारहरुले खोजी गर्ने क्रममा बारीको कान्लामा किरा परेको अवस्थामा शब फेला पारेको प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए । मृतक राईको शबलाई पोष्टमार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ ।