इलाम । इलाममा भिरबाट लडेर मृत्यु भएको २ जनाको शव फेला परेको छ । रोङ गाँउपालिका–६ मा ५४ बर्षिय प्रेम तामाङ र माइजोगमाईमा ६१ बर्षिय दिलबहादु राईको शव फेला परेको हो । सलकपुर खानेपानी तथा सरसफाइ समितिका कर्मचारी रहेका तामाङ सोमबार दिउसो सो योजनाको पानी बनाउन करिव चार किलोमिटर माथी रम्भ्याङ्ग आएका थिए । अपराहन्न धजे सलकपुर खण्डको तारे भिरको बाटो घर फर्कदै गरेका उनी सडकबाट करिव एकसय मिटर जतीको पहराबाट खसेका थिए । बेलुका घर समेत नपुगेका र गाउलेहरुश्रले बाटोमा पनि नभेटेपछि देखी खोजीगर्दा बिकट पहरामा मृत अवस्थामा भेटिएको थियो ।
उनको शव निकालेर आज पोष्टमाटम गर्न झापा लगिएको वडा सदस्य केशर प्रधानले बताए । त्यसैगरी इलामको माइजोगमाई–२ खोल्मेमा ६१ बर्षिय बृद्धको शव फेला परेको छ । गत २३ गते बजार जान्छु भनी हिडेका स्थानिय दिलबहादुर राईको शव घरबाट करिब ५०० मिटर पर भिरमा फेला परेको इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए । मृतक राईको जिउ र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । राईको शव पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ । मृतक राईले मापसे गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।