करफोक । पद्म दीप स्मृति प्रतिष्ठानको आयोजना तथा करफोक विद्यामन्दिर माध्यमिक विद्यालयको स्थानिय आयोजनामा प्रतिनाद साँगीतिक यात्रा सम्पन्न भएको छ । स्रष्टा डिआर उपाध्यायको सात एल्बमको सातै प्रदेशमा बिमोचन गर्ने क्रममा शुक्रबार करफोक विद्यामन्दिर माध्यमिक विद्यालयमा विमोचनको सम्पन्न भएको हो । स्रष्टा डिआर उपाध्यायको ‘सहेली’ ‘हिमाली लय’ ‘अन्तराप’ ‘प्रतिनाद’ ,’नशाल नजर ‘ ‘जोहो’ ‘प्रणय’ र ‘जखम’ सात साँगीतिक सिडी एलबमहरुको एकसाथ स्रष्टा डिआर उपाध्याय, तथा करफोक करफोक विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनराज निरौलाले बिमोचन गरे ।
कार्यक्रममा स्रष्टा उपाध्यायको सातै उपन्यास कृतिहरु ‘वज्राघात’ ‘बिटुली’ ‘त्यागी’, ‘स्वार्र्थी’ ‘भाग्यचक्र’ ‘अपवित्र छायाँ’ ‘अतिरिक्त’ र ‘दगाबाज’को समेत स्थानिय बिमोचन सम्पन्न गरियो । कार्यक्रमा गायक गायिकाहरु निशा देशार, सागर अधिकारी शरद सन्तोष श्रेष्ठले साँगीतिक प्रस्तुति दिएका थिए । यात्रामा स्रष्टा धर्मपत्नी सुनिता खनाल, मानवअधिकारकर्मी सृजना उप्रेती, गीतकार तथा गायक सुरेश घिमिरे निश्चिन्त र संचारकर्मी अच्युत घिमिरे संचारकर्मी दिलिप कुमार ज्योति, मोडल अनिषा न्यौपाने लगायतको सहभागिता रहेको छ । यो एल्बमहरुको बिमोचन काठमाण्डौमा राष्ट्रकवि माधव प्रसाद घिमिरेले मंशिर ९ गते गर्नु भएको थियो