Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका २७ मतदानस्थल अति संवेदनशिल

इलामका २७ मतदानस्थल अति संवेदनशिल

  • लोकल सन्देश
  • आइतबार, जेष्ठ २१ २०७४


इलामका २७ मतदानस्थल अति संवेदनशिल

इलाम  ।  सुरक्षा समिति इलामले जिल्लाका २७ वटा मतदानस्थल अति संवेदनशील रहेको घोषणा गरेको छ । स्थानीय तहको चुनावमा सुरक्षाका दृष्टिले अन्य ३३ स्थल संवेदनशील रहेको सुरक्षा समिति इलामले जनाएको छ ।

समितिले जिल्लाका २७ वटा मतदानस्थललाई अति सम्वदेनशील ठहराएको हो । जिल्लाभरका विभिन्न गाउँका मतदानस्थल सम्वेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको छ । सुरक्षा समिति इलामका अनुसार गोर्खे मानडाँडाँ, गोर्खे मंगलबारे, जोगमाई, पशुपतिनगर, श्री अन्तु, समाल्बुङ्ग, कालपोखरी हिले, सिमलटार, बाँझो गाउँ, जिर्मले लगायतका अति संवेदनशील मतदानस्थल घोषणा भएका छन् ।

यस्तै मैदाने शान्तिडाँडाँ, फूटुक लक्ष्मीपुर, बतासे, गोदक, सोयाक,
भालुझोडा, शान्तिपुर बरफल्याङ्ग लगायतका मतदानस्थल सुरक्षाका दृष्टिले सम्वदेनशील ठहराइएको छ । बाँकी ८४ मतदानस्थल सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार सामान्यमा भन्दा अति सम्वेदनशील र सम्वेदनशीलमा बढी सुरक्षाकर्मी खटाइने जानकारी दिए । चुनावलाई शन्तिपूर्णरुपमा सफल बनाउन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको छ । जिल्लाका ८१ वडामा एक सय ४४ मतदान स्थल र दुई सय ४९ मतदान केन्द्र छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार