नयाँबजार । माइजोगमाई गाँउपालिका–३ रिटाममा गत असार २५ गते पहिरोबाट प्रभावित बनेका ३ घर परिवारलाई गाँउपालिकाले राहत दिएको छ । हिजो एक कार्यक्रमका विच गाँउपालिका अध्यक्ष जितबहादुर राईले पहिरो पिडित जंगबहादुर थामी, प्रेमलाल थामी र जयकुमार थामीको परिवारलाई प्रतिघर २ बण्डलको दरले रंगिन जस्तापाता वितरण गर्नुभएको छ । त्यसैगरी ढाड सम्वन्धी रोगबाट लामो समयदेखी ग्रसित बन्नुभएका वडा नं २ का विरबहादुर महतलाई समेत १० हजार रुपैया उपचार खर्च गाँउपालिकाले वितरण गरेको गाँउपालिका अध्यक्षका निजी सचिव संजिव थामीले जानकारी दिनुभयो ।