Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

दुर्घटना न्युनिकरणका लागी फिक्कलमा सवारी अनुगमन तिव्र,

दुर्घटना न्युनिकरणका लागी फिक्कलमा सवारी अनुगमन तिव्र,

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २८ २०७५


दुर्घटना न्युनिकरणका लागी फिक्कलमा सवारी अनुगमन तिव्र,

फिक्कल । बढदो सडक दुर्घटना न्युनिकरणका लागी इलाम ट्राफिकले अनुगमन कार्य तिव्र बनाएको छ । साघुरो बाटो र यातायातको चापका कारण दुर्घटना बढेको निक्यौल गर्दै फिक्कल ट्राफिकले आज मेची राजमार्गमा संचालन हुने यातायातमा राखिएका मुडा र अतिरिक्त सिट नियन्त्रणमा लिएको हो ।

फिक्कल प्रहरी चौकीका प्रहरी नायव निरिक्षक शुम्भु बस्नेतको नेतृत्वमा १ सय बढी साना सवारी साधन अनुगमन गर्दा २६ वटा मुडा र १३ वटा जोडिएका अतिरिक्त सिट नियन्त्रणमा लिइएको हो । सवारी अनुगमनकै क्रममा अवैध रुपमा भारतबाट ल्याउदै गरिएको २४ बोतल सिक्किमे रम समेत बरामद गरिएको बस्नेतले जानकारी दिए । अनुगमनकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने १० वटा सवारीसाधनबाट ५ हजार रुपैया राजस्व संकलन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार