Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

यसरी गरे खनाल र नेम्वाङले अाफ्नाे निर्वाचन क्षेत्रमा बजेट विनियाेजन

यसरी गरे खनाल र नेम्वाङले अाफ्नाे निर्वाचन क्षेत्रमा बजेट विनियाेजन

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २७ २०७५


यसरी गरे खनाल र नेम्वाङले अाफ्नाे निर्वाचन क्षेत्रमा बजेट विनियाेजन

इलाम । इलामका संघिय साँसदहरुको संसद विकास कोषबाट विनियोजित बजेट स्थानिय तह स्तरिय बाडफाड गरिएको छ । नेपाल सरकार मन्त्रीपरिषदद्वारा स्वीकृत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली,२०७५ अनुसार उक्त नियमावलीको नियम ३ मा भएको व्यवस्था बमोजिम कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशन समितिको कार्तिक २६ गते बसेको बैठकबाट ८ करोड बजेट दुवै निर्वाचन क्षेत्रभित्र ४÷४ करोड रुपैयाको दरबाट विनियोजित गरिएको हो ।
संघिय संसद इलाम क्षेत्र नं १ का साँसद झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले सुर्योदय नगरपालिका क्षेत्रका लागी १ करोड ८० लाख रुपैया विनियोजना गरेको छ । त्यसैगरी क्षेत्र नं १ मा पर्ने माइ नगरपालिकाको ७ वटा वडाको लागी ७० लाख, इलाम नगरपालिकाको लागी १० लाख रुपैया विनियोजन गरिएको छ भने रोङ, माइजोगमाई र सन्दकपुर गाँउपालिकालाई ६०÷६० लाख रुपैयाको दरले विनियोजना गरिएको इलामका स्थानिय विकास अधिकारी झरेन्द्र चापागाईले बताए ।
क्षेत्र नं २ का साँसद सुवासचन्द्र नेम्वाङको अध्यक्षतामा बसेको बैठकले इलाम नगरपालिकाको लागी ९० लाख, देउमाइ नगरपालिकाको लागी ८३ लाख, माइ नगरपालिकाको ६, ७ र ८ (साविकको महमाई गाविस) का लागी ३२ लाख रुपैया विनियोजन गरेको छ । त्यसैगरी चुलाचुली, फाकफोकथुम र माङसेवुङ गाँउपालिकालाई ६५÷६५ लाखका दरले बजेट विनियोजन भएको चापागाईले बताए । दुवै निर्वाचन क्षेत्रका लागी विनियोजित ८ करोड बजेट रकममा नियम बमोजिम ०.५ प्रतिशत रकम जिल्ला समन्वय समितीलाई उपलव्ध गराइनेछ ।

कुनकुन स्थानिय तहमा के के याेजनामा बजेट विनियाेजित

क) इलाम नगरपालिका 

  1. इ.न.पा. को विद्युत सब स्टेशन देखी करफोक खोला सम्मको सडक स्तरोउन्नती गर्न रु १० लाख ।

ख) माइनगरपालिका

  1. माई न.पा. वडा न. ४ लखन थापा चोकदेखि शुक्रबारे हुदै नगरपालिका सम्मको सडक कालोपत्रे निर्माण गर्न रु ७० लाख ।

ग) रोङ्ग गा.पा.

  1. मुख्य कार्यालयबाट वडा नं. १ र २ जोडने सडक निर्माण रु १० लाख
  2. बर भज्याङ्ग, तिलहारे दुम्से साधुटार झापा सड्क रु १० लाख
  3. विद्युतीकरण कार्यक्रम वडा नं. ३, ४ र ५ रु ३० लाख
  4. हरकटे धजे सलकपुर निन्दा सडक वडा नं. ६ रु १० लाख ।

घ) माईजोगमाई गा.पा

  1. सिस्ने सोमबारे आरुगोलाई हाइड्रो जोडने सड्क बिस्तार  रु १० लाख
  2. खडग गोलाई, देउसालीगाउँ, रातोमाटे प्याङ्ग जोडने सड्क बिस्तार रु १० लाख ।
  3. टारी शुक्रबारे बजार, गडरे, सोयाङ्ग जोडने सडक बिस्तार रु १० लाख ।
  4. बज्रदेवी हातिटार माङ्गचोक सडक विस्तार रु १० लाख ।
  5. गुम्वा डाँडा खोल्मे घारेगाउँ, सरसिङ्ग अधेरी जोडने सड्क बिस्तार रु १० लाख ।
  6. विधुत विस्तार १ वडा मात्र रु १० लाख ।

ङ) सन्दकपुर गा.पा.

  1. देउराली गैरीगाउँ जमुना जौवारी सडक स्तोरउन्ती  रु ६० लाख ।

च) सूर्योदय न.पा..

  1. फोहोरमैला व्यवस्थापन  पुर्वाधार निर्माण रु २० लाख
  2. रुङसुङ्ग भिम ज्योति देखि गोर्खे आर्चाय बैदाङ्ग गाउँहुदै मानेडाँडा सडक बिस्तार रु १० लाख ।
  3. बौद्धधाम कटेवुङ्ग सिद्धिखोला श्रीअन्तु सडक बिस्तार रु २० लाख ।
  4. कन्याम चियाँफ्याक्ट्री हुँदै खड्का गाउँ, सिगम, विरिङ्गखोला सम्मजोडने सडक बिस्तार रु १५ लाख ।
  5. विद्युतीकरण सूर्योदय नगरपालिका रु ५० लाख ।
  6. स्वच्छ खानेपानी मुहान तथा वातावरण सरक्षण वडा नं. ९ रु १० लाख ।
  7. हरकटे, रम्याङ्ग सलकपुर हुदै निन्दा जोडने सडक स्तरोन्नति रु १५ लाख ।

इलाम क्षेत्र न २

अध्यक्षता माननीय सदस्य श्री सुवासचन्द्र नेम्वाग

निर्णय नं. १

कार्यक्रम परामर्श समितिको सिफारिश बमोजिम इलाम जिल्ला क्षेत्र नं. २ मा रहेका देहायका स्थानीय तहहरुलाई जनसख्याका आधारमा देहाय वमोजिम रकम पर्ने गरी आयोजना छनौट गरियो ।

१. इलाम न.पा. ९० लाख

२. देउमाई न.पा. ८३ लाख

३. माई न.पा. को वडा नं. ६,७,८ (सावीक महमार्इ गाविस ) रु ३२ लाख

४. चुलाचुली फाकफोथुम, माङसेवुग गाउँपालिकालाई प्रत्येकलाई रु ६५ लाख

क) इलाम नगरपालिका 

  1. मेची राजमार्ग इन्टेक सागरुम्वा हुदै गाग्रेभज्याग सम्म जोडने ९–१२ इ.न.पा. ८० लाख स्थानीय सहभागिता ३० प्रतिशत ।
  2. वेतेनी चिहानडाँडा नागेटार वडा न ३ सम्म रु १० लाख  ३० प्रतिशत स्थानीय जनसहभागिता

ख) माइनगरपालिका

  1. माई नं.पा. ६ पवित्र हाङमा हुदै सुसुलिग माङसेवुङ जोडने सडक रु १० लाख ।
  2. माई न.पा. ७ विरेन्द्र आ.व. भवन निर्माण रु १२ लाख ।
  3. माई न.पा. ८ शिवालय मन्दिर निर्माण रु १० लाख ।

ग) फाकफोथुम गा.पा.

  1. सल्लेरीफेदी हुदै आचेरे दोभान सडक रु ३० लाख
  2. सिंहदेवी मा.वि. शिकारी भज्याङ बजार आसपास पूर्वाधार (खेलमैदान) निर्माण रु २५ लाख
  3. ठिगेपुर निमावि भौतिक पुर्वाधार निर्माण रु १० लाख

घ) देउमाई न.पा

  1. ग्याली भन्जायाग रत्न सुरुग जेठी खर्क फलाटे सड्क स्तरउन्नती रु २५ लाख
  2. ठूलो चौरी राना चोक फुटुक ओजले सड्क रु ३० लाख
  3. पालसेन डुव्लिग गुम्बा (सिद्धिथुम्का) रु १८ लाख
  4. सुर्के सिचाई आयोजना संचालन रु १० लाख ।.

ङ) माङसेवुग गा.पा.

  1. माङसेवुग गा.पा. बिधुत बिस्तार कार्यक्रम रु ५० लाख

क) माङसेवुग गा पा वडा न १ सदन खोप डुहोडाडा, देउराली लामिडाँडा रु १५ लाख

ख) माङसेवुग गा पा वडा न ४ सर्चेबुग सिङफेरो मजुवा रु १५ लाख

ग) चिसापानी पन्चमी झेपाले रमिते वाझोगाँउ टोडके कुसुण्डेसम्म रु २० लाख

  1. राँके गैडे सडकको इमाङ्ग खण्ड सडकको ट्याक खोल्ने रु १० लाख

च) चुलाचुली गा.पा.

  1. कोलडाडा शिखरकटेरी फुइके सडक रु ४० लाख
  2. बुढीझोला खोला अधुरो पुल बाँकी काम सम्पन्न गर्ने रु १३ लाख
  3. बेलडागी बुकुवा सडक कल्भर्ट निर्माण रु १२ लाख

 

प्रतिक्रिया
सम्बन्धित समाचार