Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामका रमेश दुलाल ‘कागे’ले काठमाण्डौमा गरे १५ औ काग सम्मेलन

इलामका रमेश दुलाल ‘कागे’ले काठमाण्डौमा गरे १५ औ काग सम्मेलन

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक १९ २०७५


इलामका रमेश दुलाल ‘कागे’ले काठमाण्डौमा गरे १५ औ काग सम्मेलन

इलाम । १७३ जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर काठमाण्डौमा काग सम्मेलन गरेका छन । राष्ट्रिय सङ्गीतकर्मी संघले आयोजना गरेको कार्यक्रममा उनले रत्नपार्कमा करिब ३०० सङ्ख्यामा काग बोलाएर १५ औँ काग सम्मेलन गरे । उनले प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहारको पहिलो दिन विगत १४ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन ।
उनले भने, ‘मैले संविधान नबन्दा काग बोलाएर नयाँ बानेश्वरस्थित संसद् भवन र अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गरेको छु, भारतले नेपालमा नाकाबन्दी गर्दा मैले भारतीय राजदूतावासको ढोका अगाडि काग बोलाएर विरोध गरेको छु ।’ दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार