Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेपाल- भारत सिमाना पशुपतीनगरमा सिमा सुरक्षा पोष्ट स्थापना

नेपाल- भारत सिमाना पशुपतीनगरमा सिमा सुरक्षा पोष्ट स्थापना

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक १२ २०७५


नेपाल- भारत सिमाना पशुपतीनगरमा सिमा सुरक्षा पोष्ट स्थापना

पशुपतीनगर । प्रदेश नं एकको पहाडी जिल्लाको नेपाल भारत सिमा क्षेत्रमा नेपाल सरकारबाट पहिलो पटक सिमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । तराईका जिल्लामा सरकारले यसअघि नै शसस्त्र प्रहरीको १६ वटा सिमा सुरक्षा पोष्ट स्थापना गरेपनि पहाडी जिल्लामा भने इलामको पशुपतीनगरमा स्थापना गरिएको हो । नेपाल भारत सिमानाको साढे ५२ किलोमिटर क्षेत्रमा ४ वटा सिमा सुरक्षा पोष्ट स्थापना गर्ने कार्यक्रम अन्र्तगत पशुपतीनगरमा शसस्त्र प्रहरी प्रदेश नं १ का बाहिनीपती मन्दिप श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले संयुक्त रुपमा उद्धघाटन गरे ।

प्रहरी निरिक्षक नेतृत्वमा ३५ जनाको टोली रहने सिमा सुरक्षा पोष्टको स्थापना भएपछि सिमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रण हुनेमा स्थानिय सरकारका जनप्रतिनिधीहरुले खुुशी व्यक्त गरेका छन । इलामको नेपाल भारत सिमा क्षेत्र सुरक्षाको दृष्टिले अति नै सम्वेदनशिल रहेकाले अन्य ३ स्थानमा पनि सिमा सुरक्षा पोष्ट स्थापना गरिने प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताए । उद्धघाटन कार्यक्रममा बोल्दै इलाम नगरपालिका प्रमुख महेश बस्नेत र सुर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले पोष्ट स्थापना भएकोमा खुशी व्यक्त गरे । स्थायी व्यवस्था नहुन्जेलसम्म हालको पशुपतीनगर भन्सार कार्यालयको पुरानो भवनमा सुरक्षा पोष्ट राख्ने प्रवन्ध मिलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार