फिक्कल । आफनो मिडियामा कार्यरत पत्रकारलाई समाचारको बिषयमा धम्की दिएको भन्दै रेडियो बुद्धवाणीले भत्र्सना गरेको छ । रेडियोका प्रवन्ध निर्देशक दिनेश महतले एक विज्ञप्ती जारी गर्दै ‘सूर्योदय नगरपालिकाका ३ वडाध्यक्ष होम कार्कीको भनाइले संचारकर्मीहरुले स्वतन्त्र रुपमा समाचार सम्प्रेशण गर्ने वातावरण समेत खल्बिलिएको जनाएको छ ।
विज्ञप्तिमा राज्य संचालन गर्ने जनताका प्रतिनिधिले स्वतन्त्र, निस्पक्ष र व्यवसायीक पत्रकारहरुप्रति ‘तपाई सूर्योदय नगरबासी हैन, म पनि यस नगरबासी हुँ भन्ने भनाइले’ निज पत्रकारले जिउ ज्यानको असुरक्षा भएको महसुस गरेकाले संचारकर्मी र संचारमाध्यममाथि हुने यस्ता धम्किको घोर भर्सना र निन्दा गर्दछौ भनिएको छ । वडाध्यक्ष कार्कीले लोकल सन्देश डट कममा प्रकाशित ‘सूर्योदय नगरपालिकाका ३ वडाध्यक्षद्धारा सरकारी सवारीसाधनको दुरुपयोग’ समाचारको बिषयमा लिएर आइतबार तिमसिनालाई धम्की दिएका थिए ।