Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पत्रकार सुजन तिमसिनालाई दिएको धम्की विरुद्ध पत्रकार महासंघ प्रदेश कमिटीकाे आपत्ति

पत्रकार सुजन तिमसिनालाई दिएको धम्की विरुद्ध पत्रकार महासंघ प्रदेश कमिटीकाे आपत्ति

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक ८ २०७५


पत्रकार सुजन तिमसिनालाई दिएको धम्की विरुद्ध पत्रकार महासंघ प्रदेश कमिटीकाे आपत्ति

 इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ३ का अध्यक्ष होम कार्कीले नेपाल पत्रकारका उपाध्यक्ष तथा इलामका पत्रकार सुजन तिमसिनालाई धम्कीकाे नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एक कमिटिले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकका महासचिव विवेक गौतमले आज एक प्रेश विज्ञप्ति जारी गर्दै संचार माध्यममा प्रकाशित समाचारमा चित्त नबुझे कानुनी उपचारको बाटो हुँदाहुँदै जनप्रतिनिधिबाट पत्रकारलाई धम्क्याउनु खेदजनक रहेको उल्लेख छ । विज्ञप्तिमा जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो आलोचना र कमजोरी सार्वजनिक हुने वित्तिकै पत्रकार र मिडियामाथि जाइलाग्ने अवस्था अन्त्य गर्न र दोषिमाथि कारबाही गर्न सम्बन्धित पक्षलाई ध्यानआकर्षण गराइएको छ ।
नेपाल पत्रकार महासंघ संविधानले प्रत्याभुत गरेको प्रेश र अभिव्यक्ति स्वतन्त्रतालाई सहजतापूर्वक उपभोग गर्ने वातावरण निर्माणको माग गर्दै पत्रकार महासंघ प्रदेश कमिटीले पत्रकार आचारसंहितामा रहेर समाचार संकलन र सप्रेशण गर्न सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह गरेको छ ।
सूर्योदय नगरपालिका वडा नम्बर ३ का अध्यक्ष होम कार्कीले लोकल सन्देश डट कममा प्रकाशित ‘सूर्योदय नगरपालिकाका ३ वडाध्यक्षद्धारा सरकारी सवारीसाधनको दुरुपयोग’ समाचारको बिषयमा लिएर आइतबार धम्कि दिएका दिएका थिए । कार्किको धक्किपछि पत्रकार तिमसिनाले सोमबार इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा सुरक्षाको माग गर्दै उजुरी दिएका छन् ।
आइबार दिउँशो १२ बजेर ४४ मिनेटमा पत्रकार सुजन तिमसिनालाई ९८५२६८००६७ नम्बरको मोबाइलबाट फोन गरि ‘तपाई सूर्योदय नगरबासी हैन, म पनि यस नगरबासी हुँ राम्रो समाचार लेख्नु भन्दै धम्क्याएका थिए । तपाईको क्यामरा मेरो मोटरसाइकल तिर नफर्काउनु भन्दै वडाध्यक्ष कार्कीले तपाईजस्तो पत्रकार थुपै्र देखेको भन्दै पत्रकार तिमसिनालाई धम्क्याएका थिए । वडाध्यक्षको धम्कि विरुद्ध पत्रकार तिमसिनाले इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिना समक्ष मंगलबार दोषिलाई तत्काल कारबाहीको माग गरेका छन् ।
कात्तिक २ गते सुर्योदय नगरपालिका ८ निवासी खिना भट्टराईको मलामी जाँदा दशैँ विदामा वडा न ३ का अध्यक्ष होम कार्कीले मे १ ब २८० नम्बरको सरकारी मोटरसाइकल बिदाको दिन प्रयोग गरेको समाचार लोकल सन्देश डट कममा प्रकाशित भएपछि उनले पत्रकार सुजन तिमल्सिनालाई फोनमा धम्क्याएका हुन् । पत्रकार तिमसिनाले वडाध्यक्ष कार्कीले आफु विरुद्ध पत्रकार ज्यू पनि यहि नगरबासी हैन म पनि नगरकै मान्छ हुँ भन्दै धम्क्यिाएको र सूर्योदय नगरपालिका क्षेत्रमा कार्यरत पत्रकारलाई सुजन तिमसिना असल पत्रकार मान्दिन तपाईलाई सहयोग गर्छु सुजन तिमसिनाको पछि नकुद्नु भनि फोन गरेका थिए । यसैगरि पत्रकार सुजन तिमसिनालाई क्रसित गर्ने गरि फोन गरेको भन्दै नेपल पत्रकार महासंघ जिल्ला शाखा इलामले पनि धक्किको विरोध जनाएको छ । धक्किको फिक्कलबाट प्रकाशित स्थानीय सन्देश साप्ताहिकले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार सुुजन तमिसिना इलामको फिक्कलबाट प्रकाशित हुने स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देशक डट कमका प्रधानसम्पादक फिक्कलकै रेडियो वुद्धबाणिका कार्यक्रम संचालक र नेपाल टेलिभिजनका इलाम समाचारदाता हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार