इलाम । जिल्ला सुरक्षा समिति इलामले चाडबाडको समुमा बिषेश सुरक्षा योजना लागु गरेको छ । दशैँ, तिहार र छठ पर्व लक्षित गरेर जिल्ला सुरक्षा समितिले शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेको छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाका अनुसार इलामको सहरी क्षेत्रमा चाडबाडको समयमा कुनैपनि घटना घटेमा १० मिनेटमा उद्धार र सुरक्षाका लागि सुरक्षाकर्मी घटनास्थलमा पुग्नेछन् ।
सुरक्षाकर्मीलाई चाँडो घटनास्थलमा पुग्नका लागि जिल्ला सुरक्षा समितिले शसस्त्र र नेपाल प्रहरीलाई सरकारी कार्यालयहरुको समन्वयमा ३ वटा सवारीसाधन थप गरेको छ । सुरक्षा समितिले २ वटा नेपाल प्रहरी र १ वटा शसस्त्र प्रहरीलाई गाडि थप गरिएको छ भने अन्य गाडि समेत रिर्जबको लागि राखिएको प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिमसिनाले बताउनुभयो ।
चाडबार्ड सुरक्षा योजना अन्तरगत जिल्ला सुरक्षा समितिले कालोबजारी नियन्त्रण गर्ने, बैंक बित्तिय सस्था तथा सुनचाँदी पसलहरुमा थप सुरक्षा व्यवस्था गर्ने, इलाम आउने बिशिष्ट ब्यक्तिको सुरक्षा ब्यबस्थाको लागी जनशक्ति तयारी राख्ने, राजनैतिक, भुमिगत, अर्ध भुमिगत समुह तथा उप समुहहरुबाट विरोध स्वरुप सरकारी अधिकारी, सम्भावित हमलाको गहन अध्ययन गरि चुस्त सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपि माधव श्रेष्ठले बताउनुभयो ।
नेपाल भारत खुल्ला सीमा भएकाले सिमाक्षेत्रका चोरीका रुपमा प्रयोग हुन सक्ने नाकाहरुमा चौबिसै घण्टा नियमित पिकेट, गस्ति, चेकिङ्ग,मोवायल, गस्ति र र सादा पोशाकमा प्रहरी परिचालन गरीएको छ । चाडबाडको समयमा चोरीका घटना हुन नदिन संयुक्त चेकिङ र ग्रामीण गस्ती गरिनुका साथै सरकारी कार्यालयहरु, विद्युत गृहमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । इलाम जिल्ला सुरक्षा व्यवस्थाका लागि शसस्त्र प्रहरीको गण स्थापना भएपछि सीमा क्षेत्रमा हुने अपराधिक घटना नियन्त्रणका लागि सुरक्षाकर्मी पनि बलियो रुपमा परिचालन हुने प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिमसिनाले बताउनुभयो । जिल्ला सुरक्षा समितिका अनुसार नेपाल प्रहरीको जिल्ला कार्यलय, २ इलाका कार्यालय र ४२ वटा युनिटबाट सुरक्षाकर्मी परिचालन हुनेछन् भने शसस्त्र प्रहरीको सदरमुकाम स्थित गण कार्यालय, माई नगरपालिकाको दानाबारी, सुर्योदय नगरपालिकाको आइतबारे र माङसेबुङ्ग गाउँपालिकाको सुरक्षा पोष्टबाट सुरक्षाकर्मी परिचालित हुनेछन् ।