Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

बाल यौन र्दुव्यवहार अभियोगमा इलाम अस्पतालमा कार्यरत नेत्र सहायक पक्राउ

बाल यौन र्दुव्यवहार अभियोगमा इलाम अस्पतालमा कार्यरत नेत्र सहायक पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज १७ २०७५


बाल यौन र्दुव्यवहार अभियोगमा इलाम अस्पतालमा कार्यरत नेत्र सहायक पक्राउ

इलाम । एक बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अस्पताल इलाममा रहेको आँखा उपचार केन्द्रमा कार्यरत एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । नवलपरासीको गैडाकोट घर भइ इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक दिपक सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलाम नगरपालिकाकी १७ वर्षिया बालिकालाई यौन दुराचार गरेको पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक माधव श्रेष्ठले जानकारी दिए । उनलाई जिल्ला अदालतमा म्याद थप गरेर बाल याैन दुर्व्यवहारकाे अाराेपमा छानविन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार