इलाम । जिल्ला प्रहरी कार्यालय इलामले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६३ औ प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालयको आयोजना र नेपाल रेडक्रस सोसाइटी एकता बरबोटे इलामको सहकार्यमा इलाम नगरपालिका–५ बिव्ल्याटे बजारमा रक्तादान सम्पन्न गरिएको हो । रक्तदानमा ४० जना नेपाली प्रहरी, १० जना शसस्त्र र ५२ जना स्थानिय सर्वसाधारण गरी १०२ जनाले रक्तदान गरेका थिए ।