Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चन्दा भेटीबाट पाथिभरा क्षेत्रमा डेढ करोडमा अतिथि सदन

चन्दा भेटीबाट पाथिभरा क्षेत्रमा डेढ करोडमा अतिथि सदन

  • सन्देश सम्बाददाता
  • बुधबार, असोज १७ २०७५


चन्दा भेटीबाट पाथिभरा क्षेत्रमा डेढ करोडमा अतिथि सदन

इलाम । पुर्वी इलामको पर्यटकीयस्थल तथा धार्मिकस्थल पाथिभरा क्षेत्रमा डेढ करोडको लगानीमा अतिथि सदन निर्माण सम्पन्न भएको छ । पाथिभरा संरक्षण संस्थाले भत्तजनले चढाएको भेटि र चन्दाले एक सय जना पर्यटकले रात बिताउन सक्ने अतिथि सदन निर्माण सम्पन्न गरेको हो ।
२०६९ सालबाट निर्माण शुरु भएको अतिथि सदन पाथिभरा मन्दिर क्षेत्रमा आउने पर्यटक तथा भत्तजनलाई सरल र सस्तो शुल्कमा खान तथा बस्ने व्यवस्था रहेको छ । रोङ गाउँपालिका ३ मा रहेको पाथिभरा क्षेत्र संरक्षण संस्थाले मन्दिरमा चढाएको भेटि र चन्दाबाट अतिथि सदन निर्माण सम्पन्न भएको हो ।
६ कोठा रहेको अतिथि सदनमा एक हल, एक कार्यलय संचालन अन्य ४ कोठा पर्यटकको आपासका लागि संचालनमा ल्याइएको संस्थाका अध्यक्ष दौलत राईले बताउनुभयो । पाथिभरा मन्दिर क्षेत्रमा नेपाल, भारत, भुटान र तेस्रो मुलुकका डेढ लाख भक्तजन तथा पर्यटकले भ्रमण गर्दै आएको पाथिभरा संरक्षण संस्थाका सचिव दिलिप राईले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार