इलाम । लामो समयदेखी रिक्त रहेको नेपाल पत्रकार महासंघको सदस्यमा प्रेस युनियनका ठोमनाथ तिम्सिना र गणेश घिमिरे मनोनित भएका छन । त्यसैगरी महासंघको कार्यसमितीको बैठकले सल्लाहकारमा फिक्कलका पत्रकार प्रभाकर प्रधानलाई मनोनित गरेको छ । २०७३ फागुन ७ गते भएको महासंघको अधिवेशनमा प्रेस युनियन सहभागी भएको थिएन ।
महासंघका केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्य सटेन्द्र जवेगु समेतले विवाद मिलाउन नसकेपछि प्रेस सेन्टर प्रदेश नं १ सचिव तथा नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिम्सिना र अग्रज पत्रकार सोम सुसेलीको पहलमा प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी र संघिय प्रेस फोमरका प्रतिनिधीसंग छलफलपछि कार्यसमिती र सल्लाहकार युनियनलाई दिने भएपछि सहमती भएको थियो । सोही सहमती अनुसार आइतबार बसेको बैठकले कार्यसमितीमा तिम्सिना र घिमिरे तथा सल्लाहकारमा प्रधानलाई मनोनय गरेको हो ।
महासंघले पत्रकार आपत्कालीन राहत कोष स्थापना गर्ने,
नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ। महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ । शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा बसेको बैठकले राहत कोषका लागि सुरुमा ५० हजार रुपैयाँ जम्मा गर्ने र त्यसलाई क्रमसः थप्दै लैजाने निर्णय गरेको हो । ‘पत्रकारलाई आपत–विपद् परेका बेला आर्थिक सहयोग गर्न कोष स्थापना गर्न लागिएको हो । कोष सञ्चालनका लागि कार्य्विधि तयार गर्न समिति गठन गरिएको छ ।
महासंघले इलामका पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा स्थापना गरिएको आशिष स्मृति पत्रकारिता पुरस्कारको अक्षय कोष पनि थपेर १ लाख रुपैयाँको बनाउने भएको हो । यो कोषको ब्याजबाट हरेक वर्ष साविक मेची अञ्चल (ताप्लेजुङ, पाँचथर, इलाम र झापा) का उत्कृष्ट पत्रकारलाई नगद १० हजारसहित पुरस्कृत गरिँदै आएको छ। यस्तै आजै बसेको बैठक मंसिर २२ गते साधारण सभा गर्ने निर्णय भएको छ ।