Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

मालुममा नर्सरी व्यवस्थापनका लागी क्षेत्र अध्ययन सुरु

मालुममा नर्सरी व्यवस्थापनका लागी क्षेत्र अध्ययन सुरु

  • विवेक घिमिरे
  • बुधबार, असोज ३ २०७५


मालुममा नर्सरी व्यवस्थापनका लागी क्षेत्र अध्ययन सुरु

फिक्कल । सुर्योदय नगरपालिकाले वडा नं ८ मा नर्सरी व्यस्थापनको लागी क्षेत्र अध्ययन सुरु गरेको छ । नगरपालिकाले ५७ रोपनीमा ५० हजार बढी विरुवा उत्पादनका लागी अध्ययन सुरु गरेको बन प्राविधिक डिल्ली खरेलले जानकारी दिए । त्यसैगरी नगरप्रमुख रणबहादुर राईले वडा क्षेत्रभित्रमा विकास निर्माणका कामहरु अनुगनमन गरेका थिए ।

वडा नं ८ र ९ जोडन त्रिवेणीघाटमा मोटरेबल पुल बनाएर जोडिने राईले बताए । अहिले सो स्थानमा सानो कच्वे भएकाले बर्खाको समयमा समस्या हुने गरेको छ । त्यसैगरी त्रिवेणीघाटमा भएको शवदाह गृहमा सोलार जडान गरिने भएको छ ।

च्यानडाँडामा वृक्षारोपण
सुर्योदय नगरपालिका–८ मालुमका च्यानडाँडामा वृक्षारोपण गरिएको छ । आदिवासी जनजाती महासंघ वडा समिती र मालुम सामुदायिक वन उपभोक्ता समितीको संयुक्त आयोजनामा १ रोपनीमा ८० भन्दा बढी उतिस, मलातो लगायतका विरुवा रोपिएको थियो । जनजाती महासंघका अध्यक्ष देवकुमार मोक्तानको सभापतित्वमा भएको वृक्षारोपणका प्रमुख आतिथ्यता वडाध्यक्ष सुवासकुमार राई रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार