Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

इलाममा सवारी दुर्घटनामा ७ जना घाइते

इलाममा सवारी दुर्घटनामा ७ जना घाइते

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज २ २०७५


इलाममा सवारी दुर्घटनामा ७ जना घाइते

इलाम । इलाममा सवारी दुर्घटनामा ७ जना घाइते भएका छन । इलाम नगरपालिका–१० गोदकमा पिकअप पल्टिदा ४ जना र सुर्योदय नगरपालिका–१० फिक्कलमा अटो पल्टिदा ३ जना घाइते भएका हुन । इलाम नगरपालिका–१० राजदुवाली स्थित माइखोलाबाट विश्वकर्माको मुर्ती सेलाएर फिक्कल फर्कदै गरेको मे १ ज १६०१ नम्बरको पिकअप अनियन्त्रित भइ सडकमा पल्टदा सुर्योदय नगरपालिका–१० फिक्कल ४२ बर्षिय पुर्ण खाती, ११ बर्षिय गोपाल घले, इलाम नगरपालिका–१० का २४ बर्षिय सुवास राई र झापा धाइजन ६ बस्ने २२ बर्षिय विश्वास श्रेष्ठ घाइते भएका छन ।

घाइतेहरुको फिक्कल हस्पिटलमा उपचार भइरहेको प्रहरी चौकी फिक्कलले जनाएको छ । त्यसैगरी फिक्कलबाट झापा तर्फ जाँदै गरेको को २ ह २५१५ नम्बरको अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन । घाइते हुनेहरुमा अटो चालक तेह्रथुम छथर गाँउपालिका–१ का ४५ बर्षिय लाक्पा शेर्पा, सुनसरी इटहरी उपमहानगरपालिका –८ का २९ बर्षिय शिव चौधरी र २२ बर्षिय सुमन चौधरी रहेका छन । सनराइज स्कुल नजिकै ट्रनिङ मोडने क्रममा अटो नालीमा पसको थियो । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार