इलाम । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा इलामे जनता सडकमा उत्रिएका छन । स्वतस्फुर्त रुपमा निकालिएको विरोध र्यालीलाई महिला जागरण संघ र महिला उद्यमी समाज इलामले संयोजन गरेको थियो । सडकमा इलामका राजनितिक दलका प्रतिनिधी, विद्यार्थी, युवा संघसंस्थाका प्रतिनिधीहरु एवम महिला अधिकारकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
रयालीले इलाम बजार परिक्रमा गरी चोक बजारमा आएर कोणसभा परिणत भएको थियो । र्यालीका सहभागीहरुले बलात्कारीलाई फाँसी दे, कानुनी राज्यको प्रत्याभुती दे, निर्मलाका लागी न्याय देउ, बलात्कार हत्या हिंसाको बिषयमा आवाज उठाउ, निर्मला पन्त मात्र होइन हजारौ निर्मला पर्न सक्छन लगायतका नारा लेखिएका व्यानर र प्लेकार्ड बोकेका थिए । सहभागीहरुले कालोपट्टी बाधेर विरोध जनाएका थिए ।
