पशुतीनगर । सुर्योदय नगरपालिका–२ पशुपतीनगर स्थित नेपाल भारत सिमानाबाट ललाइफकाई बेचविखनका लागी लग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका–५ की १९ बर्षिया अनुजा तुम्वाफु ( परिवर्तित नाम) धम्काएर भारत तर्फ लग्दै गर्दा पशुपतीनगर प्रहरीले साँझ साढे ५ बजे दार्जिलिङ राम्बाङका २२ बर्षिय आयुष भनिने विवेक राई र ४२ बर्षिय दलबिर मुखियालाई पक्राउ गरेको हो ।
उनीहरुले तुम्वाफुलाई ललाइफाकाई विबाहको प्रलोभन देखाउँदा नमानेपछि धम्क्याएर सिमासम्म ल्याएका थिए । आफु नयाँ भएकाले पाँचथर घुमाइदेउ भनी उनीहरुले अनुजालाई बोलाएका थिए । कुराकानी गर्दै भारत तर्फ फर्किन लागेको परसम्म पु¥याई देउ भन्दै युवतीलाई ल्याएका थिए । युवती राँकेमा पुगेपछि गाडीबाट ओर्लन खोज्दा परिवारले थाहा पाइसकेको र केटीमान्छेको इज्जत गइसक्यो भन्दै सिमासम्म ल्याएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हबलदार बिजय राईले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई मानव बेचविखन तथा ओसारपसार मुद्धामा अनुसन्धान भइरहेकाले प्रहरीले जनाएको छ ।