फिक्कल । चिकित्सा क्षेत्रमा नयाँ नयाँ प्रबिधि भित्रिए पनि इलाम सुर्योदय नगरपालीका २ अर्थेटार निबासी सोमनाथ घिमिरेले स्थानिय जडिबुटीको प्रयोग गरेर बिभिन्न रोगको सफल उपचार गरेर चिकित्सा क्षेत्रलाई चुनौती दिएका छन् ।घिमिरेले धेरै ठाँउका अस्पतालले निको नभएको जण्डिस,ग्याष्टिक आफुले निको पारेको बताउछन् ।
आफना बाबु पनि यहि क्षेत्रमा लागिपरेको र मलाई पनि समाजमा केही गरेर देखाउने ईच्छा भएकाले बाल्यकालमै देबी देवताहरु सम्झेर ध्यान गर्न गरेको घिमिरे बताउछन् ।२०३०सालबाट गाँउमा निशुल्क औषधी सेवा शुरुगरेका उनले हाल आएर सामान्य शुल्क लिएर उपचार गर्न थालेको उनी बताउछन् । जङ्गलमा औषधी खोज्न निकै कठिनाई हुने र जिल्ला बाहिरबाट पनि औषधी खरिद गर्नु पर्ने कारण शुल्क लिनु परेको बताउदै उनी भन्छन् बिरामी जाँच गरेको पैसा लाग्दैन उपचारमा बिरामको अवस्था हेरेर ५सय देखी १हजार सम्म लिने गरेको छु ।
नेपालको काठमाडौ,बिराठनगर,आउने गरेका छन् भने कतार, मलेशिया,अरब लगायत राष्टमा जान लागेका नेपालीले पनि औषधी लाने गरेका छन् ।बिदेशमा बसिरहेका नेपालीले पनि ग्याष्टिकको औषधी फोन मार्फत माग्ने गरेकाले कुरियर्स मार्फत औषधीको खुराक स्पष्ट लेखेर पठाईदिने गरेको बताउछन् ।
१०हजार भन्दा बढि बिरामीको उपचार गरिसकेका घिमिरे जण्डिस ३प्रकारको रहेको बताउछन् ।जसनुसार खाएको नपच्ने ,कालो पिसाब आउने,काम्ने र एक प्रकारको जण्डिसमा पिस।ब सेतो हुने जस्ता लक्ष्यणहरु देखा पर्ने गर्दछन् । बिरामी र रोगको लक्ष्ण हेरी २३ प्रकारको जडिबुटीबाट बनाईएको झोल र धुलो पाउडर ७ देखी १० दिन खाएपछि रोग पूर्णरुपले निको हुने उनी बताउछन् ।
न्यूरो र बि एन सी अस्पतालबाट उपचार सम्भब नभएपछि घर फर्काएका झापा बिर्तामोडका प्रेम पराजुली र दमक १की मञ्जु सुब्बाको उपचार पछि जाती भएको र उपचारको क्रममा ठूलो सफलता हात पारेको घिमिरेको दाबी छ । उता घिमिरेको उपचारबाट निको भएका सिक्किमका ७५ बर्षीय फारसे कान्छा ग्याष्टिकको बिरामले भारतको दाजिलिङ्गमा ३ बर्ष बसेर ५लाख रुपैया सकिदा पनि बिराम निको नभएपछि घिमिरे गुरुकोमा आएपछि ५सय रुपैयाको औषधीले निको भएको उनी बताउछन् ।
त्यस्तै सुर्यौदय नगरपालीका ९ रम्फोककी एलिना राईको बिबाह गरेको १२ बर्ष सम्म सन्तान नभएर बिभिन्न ठूला अस्पतालमा उपचार गर्दा ४लाख रुपैया सकिएकोले घिमिरे गुरुले एक पटक उपचार गरेको डेढ बर्ष पछि छोरा जन्मिएको बर्हाको भनाई छ । घिमिरेको उपचारबाट निको भएकी कन्यामकी बिण्णुमाया श्रेष्ठ यो पद्वति साँच्चिकै राम्रो र सहज भएको बताँउछिन् ।
उनी भन्छिन् ‘अस्पताल जाँदा उपचार हुन नसकेर मैले हार खाई सकेको थिए तर त्यहाँ उपचार हुन्छ भनेको सुनेर तुरुन्त पुग्दा नपत्याउँदो पाराले उपचार हुदो रहेछ ।’ त्यसबाहेक घिमिरेले आँखाको एलजी,सर्प, बिच्छी,कालीमाकुरा,अरिङगलले टोकेको हात खुट्टा दुख्ने पेट पोल्ने लगायतको उपचार हुने घिमिरेको दाबी छ ।पछिल्लो समयमा इलाममा धेरै जडिबेटी ब्याबसायिक रुपमै उत्पादन हुन थाल्नु र तिनै जडिबुटीबाट यसरी उपचार हुनु जिल्लाको लागी अर्को सकारात्मक पाटो बनेको छ ।