इलाम । इलाममा लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ६ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गत कात्तिक २९ गते साँझ करिब ६ः३० बजे इलाम नगरपालिका–९ स्थित कालिका होटल अगाडि झापाबाट इलामतर्फ आउँदै गरेको मे १ प २१९० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको थियो।
मोटरसाइकलमा सवार इलाम नगरपालिका–८ निवासी ३४ वर्षीय रविन लिम्बू र इलाम नगरपालिका–१ निवासी २६ वर्षीय सुदिप शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट तीन पोका ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई मोटरसाइकल र बरामद पदार्थसहित नियन्त्रणमा लिई जिल्ला अदालत इलामबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।