Local Sandesh मंगलबार, असोज २० २०८३
  • ट्रेण्डिङ :

मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज २० २०८३


मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
  • मनसुनी वायु र पश्चिमी वायुको प्रभावले देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ।
  • आज दिउँसो देशभर सामान्य बदली रहने, पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
  • राति देशको हिमाली र पहाडी भूभागमा सामान्य बदली तथा तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

इलाम । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेस, बागमती प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको छ।

जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणता बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणता बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ।

आज राति देशको हिमाली र पहाडी भूभागमा साधारणता बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणता बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा मधेसलगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार